दाहाल छेपारोले जस्तो रंग फेर्ने मान्छे,नेपाल लाजसरम पचेको मान्छे…..

काठमाडौँ — प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालप्रति अमर्यादित टिप्पणी गरेका छन् । एमालेको अन्तरविरोधमा नेपालले विपक्षी गठबन्धनलाई साथ दिएकोमा ओलीको तीव्र आक्रोश छ ।७० औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेपाल लाज–सरम पचेको मान्छे भनेर टिप्प्णी गरे । ‘माधव नेपाल भन्ने एक जना कांग्रेसको पछाडि कुद्ने मान्छे छन्, नेपालको राजनीतिमा सबैले चिन्छन्, किनभने असाध्यै चर्चा भइराख्या छ । यतिसम्म पनि मान्छे पतन हुने रहेछ’, ओलीको भनाइ थियो, ‘कम्युनिस्टको सरकार ढाल्ने, प्रमुख प्रतिपक्षको नेतृत्वमा सरकार बनाउने, कम्युनिस्ट आन्दोलन सिध्याउने, अर्कोतिर लागिसक्ने अनि नेकपा एमालेको वरिष्ठ नेता हुँ भनेर भन्ने । यस्तो लाज–सरम पचेको मान्छेको चर्चा सकारात्मक हिसाबले होइन, नकारात्मक हिसाबले हुन्छ । ओलीले दाहालले अन्य राजनीतिक मुद्दामा पनि बोली फेर्ने गरेको आरोप लगाए । ‘कहिले कम्फर्टेबल सरकार बनाइदिन्छु भन्छ । कहिले यस्तो हुँदा पनि हाम्रा लोकतान्त्रिक छिमेकी के हेरेर बसेका छन्, किन हस्ताक्षेप गर्दैन भन्छ’, ओलीले भने, ‘कहिले गणतन्त्र ल्याउने मै हुँ भन्छ, कहिले गणतन्त्रभन्दा राजतन्त्र राम्रो भन्न पुग्छ । कहिले राष्ट्रपतिभन्दा राजा नै ठीक भन्छ । दाहालले विदेशबाट हतियार ल्याएर नेपाली जनताको नरसंहार गरेकोसमेत ओलीले गम्भीर आरोप लगाए । आफूलाई प्रधानमन्त्री बन्ने अफर आइसकेको भन्ने नेपालको भनाइप्रति पनि ओलीको आक्रोश थियो । ‘आफै धाक के लगाएर हिँडेका छन् भने केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राख्यो । मलाई बहुला कुकुरले टोकेको छ र ?’ ओलीले भने,‘ अरु कोही नपाएर केपी ओलीले त्यस्ता मान्छेलाई प्रधानमन्त्री प्रस्ताव राख्ला ? एक ढंगले भन्ने हो भने यी प्रचण्डका पुच्छर हुन् ।’’ ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति पनि कठोर टिप्पणी गरेका छन् । ओलीले दाहाल छेपारोले झैं रंग फेर्ने गरेको आरोप लगाए । ‘उनले राष्ट्रपतिभन्दा राजा नै राम्रो भने पछि मानिसहरु छक्क परेका छन् । किन छक्क मान्ने ? छोपारोले रंग एकछिनमा फेर्छ त । खैरोखैरो मुढामा गयो भने खैरो रंग बनाउँछ । हरियोमा गयो भने हरियो हरियो रंग बनाउँछ । अलि कालोकालो बोक्रो भएकामा पुग्यो भने कालोकालो बनाउँछ । ओलीले अदालतमा हिंसालाई दुरुत्साहन गर्ने अभिव्यक्तिमा आउँदा पनि न्यायाधीशहरुले रोक्न नसकेको बताए । ‘सर्वोच्च अदालतले हिंसालाई यस्तो दुरुत्साहन गर्ने वक्तव्य दिँदा रोक्ने काम गरेको पाइएन । हिंसालाई दुरुत्साहन गर्ने काम अदालतमा गर्नु हुन्न अथवा विद्वान अधिवक्ताजी तपाईं आफ्नो वक्तव्य सम्हालेर राख्नुस् भनेर के न्यायमूर्तिहरुले त्यो सुझाव पनि राख्न सक्नु हुन्न र ? ओलीले प्रचण्डपथको चर्चा सर्वोच्च अदालतमा पनि भएको टिप्पणी गरे । ‘अहिले प्रचण्डपथ सुप्रिम कोर्टमा पनि चर्चा हुन्छ । फ्रान्स र बेलायतका राजाहरु किन काटिन्थे भन्दा अहिलेको राष्ट्रपति र प्रधानमन्त्रीले गरेजस्तै गर्दारहेछन् र पो त काटिंदा रहेछन् अथवा अहिलेका राष्ट्रपति र प्रधानमन्त्रीलाई पनि काट्नुपर्छ । यो कुरा त प्रचण्डका एक जना कार्यकर्ताले सर्वोच्चमै भने’ ओलीको भनाइ थियो, ‘नेपाली कांग्रेसका कार्यकर्ताहरुले नाथुराम गोड्से मै बन्छु अर्को ठाउँमा भने । ओलीले राजनीतिक दलका कार्यकर्तालाई विचारबाट चल्ने भन्दा पनि खेतालाका रुपमा प्रयोग गर्न थालेको भन्दै विपक्षी गठबन्धनको आलोचना गरे । उनले राजनीतिलाई संसदबाट निरुपण गर्न नसक्नेहरु प्रधानमन्त्री माग्दै अदालत गएको भन्दै विपक्षको विरोध गरे । श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार