नेतादेखि न्यायालयसम्म ओलीको हमला…..

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी राजनीतिक दलका शीर्ष नेता मात्रै होइन सर्वोच्च अदालतका न्यायाधीश र बुद्धिजीवीहरूमाथि पनि तिखो शब्द बाण प्रहार गरेका छन् । सोमबार सरकारी निवास बालुवाटारमा मदन भण्डारी फाउन्डेसनको आयोजनामा भएको कार्यक्रममा एमाले अध्यक्ष समेत रहेका ओलीले न्यायाधीश, बुद्धिजीवी र राजनीतिक दलका शीर्ष नेतामाथि पालैपालो खनिएका हुन् । डेढ घण्टा सम्बोधन गरेका ओलीले अधिकांश समय काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाका नेताहरूको आलोचनामै खर्चिए । सम्बोधनका क्रममा ओली सबैभन्दा बढी आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको कार्यशैली र राजनीतिक व्यवहारमाथि प्रहार गर्न पुगे । उनले नेता नेपाललाई प्रचण्डको पुच्छर, लाज सरम पचेको, अराजक, अनुशासनहीन र इमान नभएको भनेर टिप्पणी गरे । जननेता मदन भण्डारीलाई साक्षी राखेर ओलीले आफूबाहेक अरू सबै नेता, संवैधानिक निकाय र बुद्धिजीवी कोही पनि ठिक बाटोमा नहिँडेको टिप्पणी गर्न भ्याए । उनले आफू बाहेक अरू सबै राजनीतिक दल र तिनका नेताहरू झुट र बेइमानीको राजनीतिबाहेक केही नगरेको दाबी गरे ।  आश्चर्य लाग्छ सर्वोच्च अदालतले हिंसालाई यस्तो दुरुत्साहन गर्ने वक्तव्य दिँदा रोक्ने काम गरेको पाइएन । यस्तो हिंसालाई दुरुत्साहन गर्ने काम अदालतमा गर्नुहुन्न अथवा विद्धान अभिवक्ता ज्यूहरु तपाईंहरुले आफ्नो वक्तव्य सम्हालेर राख्नुहोस् भनेर के न्यायमुर्तिहरुले सुझाव पनि राख्न सक्नुहुँदैन ? श्राेत: रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार