नेकपा एमालेको बालुवाटारमा जारी केन्द्रीय कमिटीको बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमत्री बनाउन गरेको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन निर्देशन दिएको छ। शुक्रबार बालुवाटारमा जारी बैठकले माधव नेपालसहितका २३ सदस्यलाई हस्ताक्षर फिर्ता लिएर पार्टीको पक्षमा उभिन निर्देशन दिएको हो। बैठकमा महासचिव ईश्वर पोखरेलले प्रस्ताव पेस गर्देै देउवाको पक्षमा हस्ताक्षर गरेका एमालेका निवर्तमान सांसदलाई २ दिनको समय दिइएको बताए। प्रतिनिधिसभा विघटन खारेज र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च गएका १४६ सांसदमध्ये माधव नेपाल समूहका २३ निवर्तमान सांसद पनि छन्। श्राेत:एनअेाएन












