कालोपत्रे सडक निर्माण सम्पन्न नहुँदै क्षतविक्षत …..

सिन्धुली — सिन्धुलीको दुधौलीबाट अरुणठाकुर जोड्ने कालोपत्रे सडक निर्माण सम्पन्न नहुँदै क्षतविक्षत भएको छ । १३ किलोमिटर लम्बाइ रहेको यो सडकमध्ये बाँदरेखोलादेखि झण्डै चारसय मिटर सडकको कालोपत्रे सबै उप्किएको छ । सडक निर्माण गर्दा एकातर्फ मात्रै पानी बग्ने नाला र झोरामा आउने बाढीको निकासका लागि एउटा ह्युमपाइप मात्र हुँदा सडकमा बाढी पसेर क्षति भएको स्थानीयको भनाइ छ । ५ मिटर चौडा भएको यो सडक निर्माणमा ठेकदारले चरम लापारबाही गरेको वडाध्यक्ष मिलन सुनुवारले बताए । १० वर्ष अघिको डीपीआरबाट इस्टिमेट गरी सडक निर्माणमा ठेक्का लगाएको र भौगोलिक वातावरणको अध्ययन नै नगरी पहाडमा कालोपत्रेसहितको सडक निर्माण सडक उप्किएको उनले बताए । स्थानीय पूर्वाधार विकास तथा कृषि सडक (डोलीडार) को ग्रामिण सडक सञ्जाल सुधार आयोजनाबाट आउँदो पुस मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी ईसीआई–कन्काइ जेभीले भ्याट बाहेक २६ करोड ३१ लाखमा लिएको सडक निर्माणको ठेक्का पाएको थियो । कालोपत्रे उप्किएपछि करिब ३६ लाख रुपैयाँ हाराहारीमा क्षति भएको स्थानीयले बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सह–न्यायाधिवक्ता रामकुमार थापासहितको टोलीले पनि सडक निर्माणको गुणस्तर र क्षतिको विवरण आइतबार संकलन गरेको छ । श्राेत: इका

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार