हरेक अभिव्यक्ति पार्टी विभाजनको पक्षमा…..

काठमाडौँ — प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सहमति गराएर विभाजनउन्मूख एमाले विवादलाई ‘सेफ ल्यान्डिङ’ गराउने दोस्रो पुस्ताका नेताहरुको कोसिस जारी छ । तर, आइतबारसम्म उनीहरूको कोसिसको सुखद नतिजा आएको छैन । फागुन २८ मा केपी ओलीले वस्तुतः पार्टी विभाजनको घोषणा गर्नुभयो, त्यसकारण हामीले एकताको कुरा गर्‍यौं । र, राष्ट्रिय कार्यकर्ता भेला गर्‍यौं । त्यसबाट एकताका लागि हाम्रा प्रस्ताव अगाडि सार्‍य‍ौं । त्यसलाई ओलीजीले एकपछि अर्को गर्दै दुत्कार्दै, बद्नाम गर्दै जानुभयो । पछिल्लो दिनमा उहाँले फेरि संसद् विघटन गर्नुभयो । संसद् विघटन संसद्‍माथि र संसद्‍मार्फत् संविधानमाथिको आक्रमण हो भन्ने हामीलाई लाग्यो । पुस ५ गतेको विघटनको अर्कोरूपमा यो आयो भन्ने लाग्यो । त्यसपछि हामीले सम्पूर्ण हैसियतलाई दाउमा राखेर संसद् बचाउनका लागि उपाय खोज्यौं । र, शेरबहादुर देउवालाई समेत समर्थन गर्ने ठाउँमा पुग्यौं । त्यसपछि पनि हामीले संसद् विघटन गर्नु गलत थियो तर पार्टीलाई एकताबद्ध पार्नुपर्छ भन्यौँ । त्यो भनेको अदालतको निर्णयअनुसार जेठ २ मा जानुपर्छ भन्दै आयौं । आज जेठ २ मा जाने कुरा उहाँले गर्नुभएको छ । तर त्यो पनि खुला दिलले भन्नुभएको छैन । जेठ २ मा जाने हाम्रो माग, देशको राजनीतिक आवश्यकताले भन्दा पनि उहाँलाई अदालतले त्यहाँ पुर्‍याइदिएकोजस्तो गर्नुभएको छ । उहाँले अझै महसुस गरेजस्तो देखिँदैन । तर, अदालतले निर्णय गरिसकेपछि जे हुन्छ त्यसलाई कार्यान्वयन गरौंला, जेठ २ मा जाऔं भन्नेमा अनौपचारिक तहबाट सहमति गरेका थियौं । त्यसपछि छलफल सुरु गर्‍यौं । आठ–दस चरण नै छलफल भयो । तर, उहाँहरू क्रमश: त्यसबाट पनि पछि हट्नु भयो । त्यसपछि उहाँहरूले हस्ताक्षर फिर्ता गर्नुपर्छ भन्नेजस्ता शर्त ल्याउन थाल्नु भयो । त्यसले गर्दा यो रोकियो । अहिले गतिरोधमा नै छ । अहिले भएका भेटघाट गतिरोध फुकाउने कोसिस हुन् । पछिल्लो जुन वार्ता सुरु भयो, त्यहीबीचमा वार्ता टिमको संयोजक भीम रावललाई कारबाही गरेपछि हामीले औपचारिक वार्ता गर्दैनौं भनेका थियौं । उहाँहरूले औपचारिक वार्ताका लागि वातावरण बनाउन व्यक्तिगतरूपमा कुराकानी गरौं भन्नु भएको थियो । र, नमिलेका कुरा आज मिल्दैछ, भोलि मिल्दैछ भनेर प्रचार आतंक चलाउनु भयो । हाम्रो बटमलाइनमा मिलेमिलेजस्तो कुरा गर्ने फेरि नमिलाउने भयो । त्यसलाई अलमल्याउनका लागि मात्रै प्रयोग गर्नुभयो, जसले गर्दा निकास निस्किन सकेन ।  श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार