आज सेमिफाइनलमा स्पेन र इटलीबीच प्रतिस्पर्धा हुँदै…..

काठमाडौं, स्पेन र इटलीबीच आज युरोकप फुटबलको सेमिफाइनलमा प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार मध्यराति १२ः४५ मा खेल सुरु हुनेछ । त्यसअघि नै स्पेनका प्रशिक्षक लुइस इन्रिक्युले अनौठो अभिव्यक्ति दिएका छन् । ‘यदी हामीले जित्यौं भने त्यो हाम्रा लागि ठूलो कुरा हुनेछ । तर, यदी इटलीले सही रुपमै जित्यो भने फाइनलमा म इटलीको समर्थन गर्नेछु,’ उनले भने । खेलअघिको पत्रकार सम्मेलनमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् । इन्रिक्युले इटलीको खेल्ने शैलीको प्रशंसा गरे । उनले यो शैली स्पेनको जस्तै रहेको बताए । ‘हामी बल नियन्त्रण धेरै गर्छौं । तर, उनीहरु खेलमा प्रभुत्व काम गर्न पनि चाहन्छु । यो मैदानमा जित्नुपर्ने लडाइँ हो ,’ उनले भने । उनले इटलीसँग बदला लिनेबारे नसोचेको बताए । बरु, डेनिल डि रोस्सीलाई भेट्न चाहेको बताए । रोस्सी अहिले इटलीको सहायक प्रशिक्षक छन् । इन्रिक्यु र रोस्सीले कुनै समय एएस रोमाबाट एकसाथ खेलेका थिए । मलाई इटली निकै मनपर्छ । सधैं म इटली घुम्ने प्रयत्नमा हुन्छु । इटलीविरुद्ध खेल्न मज्जा आउँछ, हामी अक्टुबरमा नेसन्स लिगमा फेरि भिड्नेछौं, मेरा लागि इटलीसँग खेल्न पाउनु सधैं आनन्दको विषय हो,’ उनले भने,‘मैले डि रोस्सीसँग दुई वा तीन साताअघि फोनमा कुराकानी गरेको थिएँ । उनीलाई फेरि भेट्न पाउँदा निकै खुसी हुनेछु । हामी १० वर्षअघि युवा थियौं, तर त्यतिबेला पनि म आक्रामक फुटबल खेल्न चाहन्थे, यो मेरो पहिचान हो । श्राेत: रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार