माओवादी केन्द्र वैधानिक रहेको निर्वाचन आयोगको ठहर…..

काठमाडौँ — निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) वैधानिक रहेको ठहर गरेको छ । प्रमुख निर्वाचत आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा आइतबार बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो । बैठकको निर्णयबारे एक आयुक्तका अनुसार मा‌ओवादी केन्द्र वैधानिक रहेको ठहर गरिएको छ । ती आयुक्तले भने, ‘नेकपा (मा‌‌ओवादी केन्द्र) अवैधानकि छ भनेर निवेदन परेको सम्बन्धमा नेपालको संविधान, निर्वाचनसम्बन्धी ऐन, नियमावली र कानुनका सर्तअनुसार आयोगमा दर्ता भइ निरन्तर रुपमा सञ्चालनमा रहेको आधिकारिक रुपमा देखिएकोले त्यो दल अवैधानिक छ भनी दिएको निवेदनउपर कुनै कारबाही गरिरहनु नपर्ने निर्णय गरेका छौं । आयोगको अभिलेख हेर्दा निज अध्यक्ष रहेको माओवादी केन्द्र आयोगमा दर्ता भएको र निज अध्यक्ष भएको कुनै अभिलेख नदेखिएको हुँदा निजको निवेदन पनि खारेज गरेर अररुको लेटरप्याट प्रयोग गरेर म अध्यक्ष हुँ भनी निवेदन दिने व्यक्तिलाई सचेत गराइ त्यसको अिभिलेख पनि राख्नु भनेर निर्णय गरिएको छ,’ आयोग स्रोतले भन्यो । माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका नेताहरू पूर्वपार्टी अवैधानिक दाबी रहेको गर्दै दर्ता खारेजीका लागि शुक्रबार आयोगमा पुगेर निवेदन दिएका थिए । रामबहादुर थापा, लेखराज भट्ट, मणि थापा, टोपबहादुर रायमाझी र प्रभु साहलगायता नेताहरुको तर्फबाट अधिवक्ता सरोज बुढाथोकीले लामो अवधिसम्म महाधिवेशन नै नगरेको भन्दै माओवादी केन्द्रको वैधतामा प्रश्न उठाउँदै आयोगमा निवेदन दिएका थिए । अर्को एक व्यक्तिले नेकपा (माओवादी केन्द्र) को अध्यक्ष म हुँ, मलाई आधिकारिकता पाउ भनि दिएको निवेदन पनि खारेज गर्ने निर्णय गरेको ती आयुक्तले जानकारी दिए । माओवादी केन्द्रले २०६९ सालपछि महाधिवेशन नै नगरेको आधार देखाउँदै पूर्वमाओवादी नेताहरूले पार्टीको दर्ता खारेजीको माग गरेका हुन् । शुक्रबार रायमाझीको नेतृत्वमा पूर्वमाओवादी नेताहरू आयोग पुगेका थिए । संविधानमा राजनीतिक दलको महाधिवेशन ५ वर्षमा गर्नुपर्ने र विशेष परिस्थितिमा थप ६ महिनाभित्र गर्न सकिने व्यवस्था छ । श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार