जापानले १६ लाख मात्रा खोप नेपाललाई उपलब्ध गराउँदै…..

जापान सरकारले नेपाललाई कोभ्याक्स सुविधामार्फत १६ लाख मात्रा कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको खोप दिने घोषणा गरेको छ । ​एस्ट्राजेनेका र अक्सफोर्ड युनिभर्सिटीद्वारा निर्माण गरेको १६ लाख मात्रा दिन लागेको नेपालस्थित जापानी राजदूतावासले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको हो । खोप जुलाईको मध्यदेखि एक महिनाभित्र बीचमा नेपाललाई खोप उपलब्ध गराउने विज्ञप्तिमा उल्लेख गरिएको छ । मंगलबार जारी गरिएको विज्ञप्ति अनुसार, खोप आउने समय तालिका भने अन्तर्राष्ट्रिय सङ्गठनसँगको खरिद सम्झौता पूरा भएपछि सार्वजनिक गरिने छ । जापानबाट कोरोनाविरुद्धको खोप आइसकेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग समन्वय गरी वितरण गरिने विज्ञप्तिमा उल्लेख छ । जापानी दूतावासले भनेकै समयमा खोप नेपाललाई उपलब्ध गराएमा कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएर दोस्रो मात्राको पर्खाइमा बसेका जेष्ठ नागरिकले पाउने छन् । श्राेत: रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार