प्रतिनिधि सभाका १६५ सदस्यले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत…..

काठमाडौँ – प्रतिनिधि सभाका १६५ सदस्यले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । संविधानको धारा २०७६ (५) अन्तर्गत देउवाले विश्वासको मत प्राप्त गरेपछि अब उनीमाथि अविश्वासको प्रस्ताव ल्याउन पाइन्छ कि पाइँदैन भन्ने आम चासो छ । देउवाले आज विश्वासको मत पाइसकेपछि उनीमाथि कम्तीमा दुई वर्ष अविश्वासको प्रस्ताव ल्याउन पाइँदैन । अब संसदको कार्यकाल डेढ वर्षमात्र बाँकी रहेकाले संसद पूर्ण कार्यकाल चलेर देउवाकै नेतृत्वमा चुनाव हुने देखिन्छ । संविधानको धारा १०० (४) मा प्रधानमन्त्री नियुक्त भएको दुई वर्षसम्म र एकपटक अविश्वासको प्रस्ताव राखेपछि अविश्वासको प्रस्ताव असफल भएको एक वर्षभित्र अविश्वासको प्रस्ताव पेश गर्न सकिदैंन ।
तर, प्रधानमन्त्रीले आफ्नै दल विभाजन भएमा वा समर्थन दिएका दलले समर्थन फिर्ता लिएमा भने विश्वासको मत लिनुपर्छ । ‘विश्वासको मत पाएनन् भने, अब सरकार बन्ने विकल्प नभएकाले प्रतिनिधि सभा विघटन गरेर ६ महिनाभित्र निर्वाचन गर्न मन्त्रिपरिषद्ले राष्ट्रपतिलाई सिफारिश गर्न सक्छ,’ संवैधानिक कानुनका जानकार अधिवक्ता भीमार्जुन आचार्यले भने । संविधानको धारा ७६ (५) मा प्रतिनिधि सभा सदस्य प्रधानमन्त्री बनेका देउवालाई अब समर्थन दिएका दलका सांसदले समर्थन फिर्ता लिएमा वा अविश्वास प्रस्ताव ल्याएमा भने संसद पूर्ण कार्यकाल रहँदैन र उनले ६ महिनाभित्र निर्वाचन गर्नुपर्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार