एकताका लागि अध्यक्षबाट ओलीको राजीनामा……

काठमाडौँ — विवाद समाधान कार्यदलले तयार पारेको १० बुँदे सहमति प्रस्तावलाई अस्वीकार गरेको एमालेको असन्तुष्ट समूहले एकताका लागि पार्टी अध्यक्षबाट केपी शर्मा ओलीको राजीनामा आउनुपर्ने नयाँ सर्त अघि सारेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका एमालेका २२ सांसदले ओलीले अध्यक्ष पदबाट राजीनामा दिएर एकताको प्रक्रिया सुरु गर्न आग्रह गरेका छन् । वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने सांसदसँग मंगलबार छलफल गरेका थिए । उक्त छलफलमा ओलीले अध्यक्ष पद छाडेमात्रै पार्टी एकता प्रक्रिया अगाडि बढ्ने धारणा सांसदहरुले राखेका हुन् । ‘तपाईंले पार्टी एकता गर्न चाहनुहुन्छ, अझै पनि लोकतन्त्रलाई बचाउन चाहनुहुन्छ भने मार्गप्रशस्त गर्नुस् । तपाईंले पार्टी अध्यक्ष छोड्नुस्,’ झाँक्रीले भनिन्, ‘त्यसले नेकपा एमाले एकताबद्ध पनि हुन्छ । र, हामी नयाँ ढंगले अगाडि जान सक्छौं । होइन भने हामीसँग पटक-पटक बदलाको भावना राखेर हुँदैन । यसअघि नेपाल समूहले एकताका लागि ओलीले प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पद छाड्नुपर्ने सर्त राख्दै आएको थियो । असार २८ मा सर्वोच्च अदालतले प्रतिनिसधसभा पुन:स्थापना र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएसँगै ओली पदमुक्त भएका थिए । ओलीले प्रधानमन्त्री पद गुमाएसँगै एमालेको नेपाल समूहले एकताका लागि पार्टी अध्यक्ष छाड्नुपर्ने सर्त सारेको हो । बैठकमा नेपालले भने ओलीका गतिविधि हेरेर सामूहिक रुपमा आवश्यक निर्णय लिइने बताएका थिए ।देउवालाई विश्वासको मत दिएपछि आफूहरुको भूमिका के हुने भन्नेबारे पनि सामान्य छलफल भएको झाँक्रीले बताइन् । ‘संविधान, लोकतन्त्र र संसद्‌लाई बचाउन भएका प्रयत्नका साथै सरकारलाई विश्वासको मत दिएपछि स्वभावैले हाम्रो भूमिका के हुन्छ भन्नेबारे पनि छलफल भयो,’ उनले भनिन्, ‘हामी एमालेको संसदीय दलका सदस्य भएको हुँदा यदि बेला एमाले विपक्षमा छ । त्यसकारण विद्यमान कानुन, अरु जटिलताले सरकारमा जाने कुरा भएन । अर्का सांसद विरोध खतिवडाले अझै केही सांसद र केन्द्रीय सदस्यलाई आफ्नो समूहमा गोलबद्ध गरेर पार्टी संगठनमा बलियो उपस्थिति जनाउने विषयमा छलफल भएको बताए । ‘केपी अझै सुध्रिएनन्, केन्द्रीय कमिटीको बैठक राखेर स्पष्टीकरण सोधिएको हल्लाधारी विषयमा पनि छलफल भयो । साथै आउने दिनमा हामी अझ बलियो हुने, अरु सांसदहरु र थप केन्द्रीय सदस्यहरुलाई गोलबद्ध गर्दै पार्टी संगठनमा बलियो उपस्थिति जनाउने । र, त्यहि अनुसार देशव्यापी रुपमा संगठन बलियो बनाउने भन्ने विषयमा पनि छलफल भयो । उनका अनुसार बुधबारदेखि नेपाल समूहको आगामी कदमबारे निर्णायक छलफल हुने भएको छ । सोहीअनुसार बुधबार नेता नेपालले स्थायी कमिटीका सदस्यहरुसँग र बिहीबार केन्द्रीय कमिटीका सदस्यहरुसँग छलफल गर्ने खतिवडाले बताए । केपीको ज्यादतीको विरुद्धमा लड्ने लडाइँ यथावत छ । उनी सुध्रिन्छन् र गल्ती स्वीकार गर्छन् भने पार्टी एकताको प्रयास अगाडि बढ्छ,’ उनले भने, ‘अहिलेकै ढंगबाट अगाडि बढे भने हामी अलग कोर्समा जान्छौं भनेर पहिलादेखि नै भन्दै आएका छौं । त्यसबारे स्थायी र केन्द्रीय कमिटीमा खास छलफल हुनेछ । सोमबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले पार्टी निर्णयविपरीत देउवालाई विश्वासको मत दिने २२ सांसदलाई २४ घण्टाभित्र स्पष्टीकरण माग्ने निर्णय गरेको थियो । खतिवडाका अनुसार मंगलबारसम्म स्पष्टीकरण माग गरिएको पत्र पुगेको छैन । श्रोत:ईका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार