चीनमा भीषण बाढी : १२ को मृत्यु, हजारौं विस्थापित…..

काठमाडौँ — भारी वर्षापछि चीनका विभिन्न प्रान्तमा भीषण बाढी आएको छ । मुसलधारे वर्षासँग आएको बाढीमा परी कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । हेनान प्रान्तमा १० हजारभन्दा बढी मानिसलाई उद्धार गरी सेल्टरमा राखिएको छ । बाढीका कारण दर्जनौं सहर प्रभावित भएका छन् । बाढीले मुख्य राजमार्गसमेत डुबानमा परेपछि सवारी साधन ठप्प छन् भने हवाई उडान पनि स्थगित गरिएको छ । झन्डै १० करोड जनसंख्या रहेको हेनान प्रान्तले वर्षा सुरु भएसँगै अस्वभाविक बाढी आउन सक्ने भन्दै चेतावनी जारी गरेको छ । पछिल्लो बाढीले क्षति पुऱ्याएका कारण हेनानको बाँधमा पनि क्षति पुग्न सक्ने अनुमान गरिएको छ । चिनियाँ समाचारपत्र ग्लोबल टाइम्सका अनुसार हेनान प्रान्तमा ६० वर्षयताकै ठूलो पानी परेको हो । जङ्जो सहरमा २०१.९ मिलिमिटर प्रतिघण्टासम्म पानी परेको ग्लोबल टाइम्सले जनाएको छ । यसअघि सन् १९७५ मा १९८.५ मिलिमिटर पानी परेको त्यहाँको राष्ट्रिय मौसम विभागले जनाएको छ । विज्ञहरुका अनुसार इन्फा आँधीका कारण वर्षा भएको हो । राष्ट्रपति सी चिनफिङले अधिकारीहरुलाई तत्काल उद्धारको व्यवस्था गर्न निर्देशन दिएका छन् । उनले नागरिकको जीवन र सम्पत्तिको रक्षालाई प्राथमिकतामा राख्न निर्देशन दिएका छन्

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार