महन्थ ठाकुरको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश…..

काठमाडौँ — जनता समाजवादी पार्टीको विवादलाई लिएर निर्वाचन आयोगको निर्णय रोक्न माग गर्दै अध्यक्ष महन्थ ठाकुरले दिएको रिट निवेदनमा सर्वोच्च अदालतले तत्काल अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । आइतबार न्यायाधीश कुमार रेग्मीको इजलासले ठाकुरको रिट निवेदनमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिन उचित नभएको आदेश सुनाएको हो । उक्त विषयमा छलफल गर्नका लागि सर्वोच्चले साउन १५ गते विवादका दुवै पक्षलाई बोलाएको छ ।
निर्वाचन आयोगले जसपाको विवाद निरुपण गर्नका लागि अध्यक्ष उपेन्द्र यादव र ठाकुर पक्षलाई साउन ११ गते निर्वाचन आयोगमा सनाखतका लागि बोलाउने निर्णय गरेको थियो । तर, ठाकुरले भने उक्त सनाखत रोकिपाउँ भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै ठाकुरले मागेबमोजिम अन्तरिम आदेश सर्वोच्चले दिएन । श्रोत:ईका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार