चामेमा पुरानै ठाउँबाट बग्दै मर्स्याङदी…..

असारको पहिलो सातादेखि धार परिवर्तन गरेको मर्स्याङदी नदी पुरानै ठाउँबाट बग्न थालेको छ । हिमाली जिल्ला मनाङको सदरमुकाम चामेस्थित मर्स्याङदी नदीमाथिको एकमात्र मोटरेवल बेलिब्रिज मुनि बढेमानका ढुंगा, मुढा, गिट्टी, बालुवा थुप्रिदाँ वहाव रोकिएर नदीले धार परिवर्तन गर्दै दायाँबायाँबाट बग्न थालेको थियो । खोला नै दायाँबायाँ डाइभर्ट हुँदा धेरै क्षति गरेको थियो । असार ५ गतेको बाढीले बगाएर ल्याएको ढुंगामुढा पुलमुनि अड्किएका थिए । ४० दिनपछि ती ढुंगामुढा हटाएर नदीलाई पुरानै लयमा फर्काउन सकिएको चामे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर चन्दले बताए । ‘पुलमुनि बढेमानका ढुंगा र काठका मुढा तथा गिट्टी, बालुवा थुप्रिएको थियो । ती सामाग्री हटाएपछि खोलाले पुरानै लय लिएको छ,’ उनले भने, ‘खोला थुनिएर दायाँबायाँबाट बग्दा आसपासका क्षेत्रमा व्यापक कटान र क्षति पु¥याएको थियो । सुरक्षाकर्मी, स्थानीयबासी, प्रशासन सहित गाउँपालिकाको सहयोगमा पुलमुनिको अवरोध हटाउन सकेको सकेको उनले बताए । उनका अनुसार पुल झन्डै २० मिटर लामो थियो । माथिल्लो र तल्लो मनाङ जोड्ने यो नै एकमात्र मोटरेवल पुल हो । पुलमुनि बढेमानका ढुंगा, काठका मुढा र बालुवा गिट्टी थुप्रिएको थियो । खोलामा पानीको वहाव बढि हुँदा पुलमा अड्किएका ढुंगा मुढा तत्कालै हटाउन सकिएको थिएन । बल्ल अहिले ती सामाग्री हटाएपछि नदी पुरानै ठाउँबाट बग्न थालेको उनले बताए । असारको सुरुदेखि नै मनाङमा भीषण बाढी आएको थियो । अहिलेसम्मकै बढी वर्षा हुँदा वहाव बढ्दा असार ५ गतेदेखि पुलमुनि ढुंगामुढा थुप्रिदा बाँधको काम गरेको थियो । बहाव बढी हँुदा तत्कालै हटाउन सकिएको थिएन । सुरक्षाकर्मीले र उपकरण प्रयोग गरेर ढुंगा र काठका मुढा हटाएपछि बल्ल नदी पुरानै ठाउँबाट बग्न थालेको हो । रोकिएको नदी दायाँबायाँबाट बग्दा वारिपारिका बस्ती नै जोखिममा परेका थिए । मर्स्याङदी नदीको पारिपट्टि चामे–५ भक्तपुर र वारीपट्टि चामे–४ सदरमुकाम पर्छ । सदरमुकाम नै जोखिममा परेको बेला अब भने केही सुरक्षित भएको उनले बताए ।  श्राेत:एनअेाएन

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार