साझा विदेश नीति बनाउन दलहरूलाई गिरीको आग्रह…..

काठमाडौँ — कांग्रेस सांसद प्रदिप गिरीले साझा विदेश नीति तय गर्न राजनीतिक दलहरूलाई आग्रह गरेका छन् । शक्ति राष्ट्रहरूसँग हुने सम्झौतालाई लिएर बारम्बार विवाद उत्पन्न हुने गरेको अवस्थालाई लिएर सांसद गिरीले अन्य विषयमा विवाद भए पनि विदेश नीति भने सबै राजनीतिक दलहरूको समान हुनुपर्ने बताए । एमसीसी सम्झौताबारे एमाले सांसद भीम रावलले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा दिएको अभिव्यक्तितर्फ इंगित गर्दै सांसद गिरीले शक्ति राष्ट्रहरूसँग भएका सन्धि र सम्झौतालाई लिएर धारणा बनाउने भन्दा पनि साझा विदेश नीति तय गर्नुपर्ने र त्यसपछि कुन सन्धि स्वीकार्ने र कुन अस्वीकार गर्ने निर्णय लिन सकिने बताए । उक्त सन्धिको प्रस्ताव अमेरिकाबाट आएको छ । कुनै अर्को प्रस्ताव हिन्दुस्तान, अर्को प्रस्ताव चीनबाट आउला वा आइसकेको होला,’ उनले भने । ती सन्धिलाई लिएर नेपालमा तथ्यहिन र उग्र मतभेद उत्पन्न भएको बताए । उनले भने, ‘भारत, चीन, अमेरिका लगायतका शक्ति राष्ट्रमा विदेश नीतिका सिलसिलामा यत्रो ज्यादा तथ्यहीन र उग्र मतभेद हुन्छ ? संसद्‍मा रहेका राजनीतिक दलहरूले र अन्य सरोकारवालाहरूले समान विदेश नीति तय गर्नुपर्ने सुझाउँदै गिरीले प्रश्न गरे, ‘देशमा दलतन्त्र चलिरहेको अवस्थामा, सरोकारवाला दलहरू किन साझा विदेशनीति बनाउन सक्दैनन् ? विभिन्न मुलुकसँग भइरहेका सन्धि र सम्झौतामा नेपालमा एकअर्कालाई तल देखाएर मुखको तितो पोख्ने काम भइरहेको गिरीको भनाइ थियो । श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार