एम्माको नयाँ कीर्तिमान,मेडल नै मेडल…..

काठमाडौं, अस्ट्रेलियाली पौडीबाज एम्मा म्याककियन एउटै ओलम्पिक प्रतियोगितामा ७ वटा पदक जित्ने पहिलो महिला खेलाडी बनेकी छन् । आइतबार थप दुईवटा स्वर्ण पदक जित्दै उनले सो कीर्तिमान बनाउन सफल भएकी हुन् । स्वीमिङ प्रतियोगिताको अन्तिम दिन ५० मिटर फ्रिस्टाइल जितेपछि उनले अस्ट्रेलियालाई ४ १०० मिटर मिड्ली रिलेमा स्वर्ण दिलाइन् । २७ वर्षीय म्याककियनले टोकियो ओलम्पिकमा चारवटा स्वर्ण पदक जित्न सफल रहिन् । यसमध्ये दुई वटा व्यक्तिगत र दुईवटा समूहगत रहेका छन् । श्रोत:रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार