इन्दिरा चेम्जोङको ‘एकलौटी बजार’ सार्वजनिक

एकलौटी वजार झै
केवल तिम्रै माया कै
मूल्य वढ्दै थियो ।
त्यो वजारको भिडसंगै
मेरो माया हे वरिलै
वेवारिसे भो ……

नेपाली साँगितिक आकासको दुनियाँमा गीतको कोसेली लिएर कहिले काही उदाउँछिन् इन्दिरा चेम्जोङ । सरल भाषा तर मर्मस्पर्षी अनि मन मुटु छुने शैली उनको परिचय हो । गाउँले परिवेशमा हुर्केकी इन्दिरा शहरिया वातावरणमा आइपुग्दा प्रतिविम्वित हुने माया पिरतीका यथार्थतालाई गीतमार्फत व्यक्त गर्न चाहेकी छन् ।

आफ्नो गीतको भावार्थ राम्ररी वुझेकी इन्दिरा आफैले मोडलिङ समेत गरेकी छिन् । नेपाली गीत संगीतमा पहिलो पाइला चालेका गायक आभास क्षेत्रीको स्वरले गीतको मर्मलाई के कति न्याय गरेको छ भन्ने कुरा त दर्शक स्रोताहरुले  छुट्याउने छन् । विश्व भण्डारी/सुक तुम्रोकको सिनेमाटोग्राफी रहेको म्यूजिक भिडियोलाई विश्व भण्डारीको सम्पादन र बावुल गिरिले म्यूजिक र एरेञ्ज गरेका हुन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार