भारतले सार्वजनिक रूपमा क्षमायाचना गर्नुपर्छ : माओवादी केन्द्र

राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले जयसिंह धामी बेपत्ता प्रकरणमा भारतीय एसएसबीहरुकै संलग्नता भएको भन्दै भारतले नेपाली जनतासँग सार्वजनिक क्षमायाचना गर्नुपर्ने बताएका छन्। बुधबार राष्ट्रिय सभा बैठकको बिशेष समयमा बोल्दै सांसद श्रेष्ठले अहिलेसम्मको प्रमाणको आधारमा दार्चुलाका जयसिहं धामी बेपत्ता प्रकरणमा भारतीय एसएसबीहरुको संलग्नता रहेको उल्लेख गर्दै यस घटनाको निम्ति भारत सरकारले नेपाली जनतासँग सार्वजनिक रुपमा क्षमा याचना गर्नुपर्ने बताएका हुन्। उनले भने– ‘म यस प्रकारको अमानविय, उत्पीडनकारी र क्रुर कार्यको घोर निन्दा एवम् भत्र्सना गर्दछु। यसका निम्ति भारतले अविलम्ब नेपाल र नेपाली जनतासँग सार्वजनिक क्षमायाचना गर्न माग गर्दछु। दोषी व्यक्तिहरु माथि तत्काल कडा कारबाही गर्न माग गर्दछु र अबका दिनहमा यस प्रकारका हेपाहा, उत्पीडनकारी व्यवहार अन्त्य गर्न, नदोहोर्‍याउन पनि म जोडदार माग गर्न चाहान्छु।’ सांसद श्रेष्ठले यस प्रकरणले नेपाली जनतामा पीडा पैदा भएको भन्दै पीडाले र देशभक्तिको भावनाले नेपाली जनता आफै प्रतिकारको स्थितिमा आउन सक्ने चेतावनी दिदैँ सरकारले तत्काल सत्यतथ्य छानविन गर्नुपर्ने बताए। उनले भने, ‘नेपाली जनतामा यस प्रकारको अमानविय, क्रुर, घटनाबाट जुन पीडा पैदा भएको छ। त्यो पीडाले देशभक्तिको बाँध, मानवताविरोधी कार्यका विरुद्ध उर्लिएको भावनाले त्यो बाँध भत्काएर आफैँ प्रतिवाद र प्रतिकारमा आउने स्थिति उत्पन्न गर्ने कार्य कुनैपनि हालतमा उपयुक्त हुँदैन। यस सम्बन्धमा नेपाल सरकारले तत्काल कदम चालोस् भन्ने म विशेष अनुरोध गर्न चाहान्छु।’ श्राेत:एनअेाएन

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार