मेरा कारणले विद्युत प्राधिकरण बद‍्नाम नहोस्…..

काठमाडौं, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएर पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई जिम्मेवारी दिन लागिएको चर्चा चलेसँगै शाक्यले बुधबार केही पत्रकारहरुलाई कार्यालयमा बोलाएर आफ्ना कुराहरु राखे । कार्यकारी निर्देशक शाक्यले सरकारले उचित जिम्मेवारी दिए सहयोग गर्ने बताए । सीमित पत्रकारसँग अनौपचारिक भेटघाट कार्यक्रमको आयोजना गरेका शाक्यले सरकारले जुन जिम्मेवारी दिए पनि आफूले सम्हाल्ने बताए । गत कात्तिकमा प्राधिकरणको कार्यकारी निर्देशक बनेका शाक्यलाई हटाएर विद्युत् प्राधिकरणमा कुलमान घिसिङलाई ल्याउने चर्चा चलेसँगै शाक्यले यस्तो बताएका हुन् । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले शाक्यलाई हटाएर घिसिङलाई प्राधिकरणमा ल्याउन उर्जामन्त्री पम्फा भुसाललाई निर्देशनको चर्चा लगत्तै शाक्यले आफू बाटो सहज पारिदिन तयार रहेको बताएका हुन् । ६ महिनाको अवधिमा आफूले प्राधिकरणमा के–के काम गरें भनेर फेहरिस्त सुनाएका शाक्यले सरकारले अर्को जिम्मेवारी दिँदा जिम्मेवारी लिने बताए । सरकारले हटाएमा वा बर्खास्ती गरेमा के गर्नुहुन्छ भन्ने प्रश्नमा शाक्यले आफूलाई अन्याय गरिए अदालत बाँकी नै रहेको बताए । श्रोत:रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार