एमसीसी पास भए हाम्रो स्वाभिमान चकनाचुर हुन्छ…..

काठमाडौं , पूर्व प्रधानसेनापति रुकमाङ्गद कटवालले एमसीसी हुबहु पारित भए हाम्रो स्वाभिमान चकनाचुर हुने जिकिर गरेका छन् । काँग्रेसकै पालामा सम्झौता भएर हाल संसदमा विचाराधीन रहेको एमसीसीको विषयमा विवाद कायमै रहेको बेला कटवालले यस्तो बताएका हुन् । ‘म फेरि भन्छु, एमसीसीमा लेखिएका प्रावधानसहित त्यसमा पनि संसदबाट पास गराएर लागू गर्दा नेपालको सम्प्रभुता, स्वाधिनता र हाम्रो स्वाभिमान चकनाचुर हुन्छ’, कटवालले सामाजिक सञ्जालमार्फत भनेका छन् । एमसीसीमा भएका देश हित विपरितका प्रावधानहरु हटाउनुपर्ने भन्दै उनले जस्ताको तस्तै पारित गराउन खोज्नेहरू नेताहरु नेपाली हुनै नसक्ने उनको जिकिर छ । ‘यस्तो हालतमा एमसीसी पास गराउन खोज्ने नेताहरु नेपाली हुन सक्तैनन्ने’, उनको भनाइ छ, ‘नेपाली हुँ भनेर गौरव गर्ने स्वाभिमानी सम्पूर्ण नेपालीहरुले घोर विरोध गर्नैपर्छ । कुनै पनि हिसाबले यही हालतमा एमसीसी पास हुन दिनुहुँदैन । आफ्नै पालमा सम्झौता भएको एमसीसी संसदबाट अनुमोदन कार्यान्वयनमा लगाउने पक्षमा देउवा सरकार रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लीन्केन गत साउन १२ गते टेलिफोन वार्ता भएको थियो । सो वार्तामा एमसीसीसहित दुई पक्षीय हितमा कुराकानी भएको बताइएको छ । श्रोत:रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार