ग्रीष्मकालीन ओलम्पिक आइतबार सम्पन्न हुँदै…..

काठमाडौँ, कुनै पनि देशमा विश्वकै ठूलो मेला आयोजना हुनु त्यहाँका जनताका लागि गौरवको विषय बन्ने गर्दछ। विरलै मात्र यस्ता आयोजना देशभित्र गर्न पाइन्छ भन्ने महसुस गरेर उनीहरूले उत्सव नै मनाउने गर्छन् । लामो इतिहास बोकेको खेलकुद क्षेत्रकै सबैभन्दा ठूलो आयोजना ओलम्पिक हुँदा पनि स्वाभाविक रूपमा सोही प्रक्रिया हुने गर्छ। तर, १ सय २५ वर्षे ओलम्पिक इतिहास यस पटक भने फरक रह्यो। ३२औं संस्करणको छ। खेलका प्रतिस्पर्धा पहिल्यैदेखि सुरु भए पनि टोकियो ओलम्पिकको उद्घाटन भने गत जुलाई २४ मा भएको थियो। देशभित्रबाटै विरोधका आवाज गुन्जिरहँदा ५७ वर्षपछि जापान फर्किएको ओलम्पिक सम्पन्न हुँदै छ। सन् १८९६ को एथेन्सबाट सुरु विश्व खेलकुदको महाकुम्भ हरेक देशका लागि ठूलो पर्व र गर्वको विषय हुने गर्दछ। साथै विश्वका ठूला राष्ट्रबीच ओलम्पिकमार्फत शक्ति प्रदर्शनको होडबाजी नै चल्ने गर्दछ। त्यसैले विश्व खेलकुदको महाकुम्भ आयोजना गर्नमा विश्वका शक्ति राष्ट्रहरू रस्साकस्सी नै गर्छन्। ती देशका जनताका लागि पनि ओलम्पिक विशेष बन्ने गरेको छ। देशका योजनामा उनीहरू रमाउनु स्वाभाविक पनि रहन्छ। तर, यस पटकको ओलम्पिक भने हरेक किसिमले समस्यामा पर्‍यो। देशका ८० प्रतिशत जनता ओलम्पिकको विपक्षमा देखिए। अझ आयोजना नै रद्द हुन सक्ने अवस्थाबाट पनि टोकियो ओलम्पिक २०२० ले गुज्रनुपर्‍यो। सन् २०२० मा विश्वभर कोरोना भाइरसको महामारी फैंलिरहँदा आयोजना पनि नजिकिँदै थियो। यस्तो स्थितिमा ओलम्पिक आयोजना नै दुबिधामा हुनु स्वाभाविक रहन्छ। तर, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र आयोजक जापान जसरी भए पनि आयोजना गर्ने पक्षमा थिए। यसैबीच ओलम्पिकका सहभागी हुने विभिन्न देशले आयोजना भए बहिष्कार गर्ने चेतावनी दिइरहेका थिए। सोहीअनुरूप क्यानाडा र अस्ट्रेलियालगायत राष्ट्रले टोकियो ओलम्पिक २०२० बहिष्कार नै गरे। विश्व स्वास्थ्य संगठन, विश्व मानवअधिकार संस्था र देशभित्रकै स्वास्थ्य विज्ञहरूले आयोजना रोक्न सुझाव दिइरहँदा जापान पनि निकै दबाबमा परिसकेको थियो। त्यसैले पनि आइओसी र जापानमाथि ओलम्पिक सार्न चर्को दबाब नै पर्‍यो। टोकियो ओलम्पिक आयोजना सन् २०२० को जुलाई २४ देखि अगस्ट ९ सम्म आयोजना हुँदै थियो। बढ्दो महामारी र चौतर्फी दबाबका कारण आइओसी र आयोजक नयाँ मिति सार्न बाध्य भए। सन् २०२० को आयोजना एक वर्ष पछि धकेलिँदा सन् २०२१ को जुलाई २३ देखि अगस्ट ८ का लागि तय हुन पुग्यो। तथापि, जापानका नागरिक भने कुनै पनि हालत देशभित्र आयोजना गर्न नहुने पक्षमा थिए। श्राेत:एनअेाएन

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार