अहिलेको सरकार अपवित्र गठबन्धनबाट बनेर आएको हो …..

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार अपवित्र गठबन्धनबाट बनेर आएको बताएका छन् । एमालेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकार लोकतान्त्रिक बाटोबाट नभएर अपवित्र गठबन्धनबाट बनेर आएको बताएका हुन् । एमालेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओली । उनले अहिलेको सरकार देशभक्त शक्तिविरुद्ध बनेको गठबन्धनको सरकार भएको दाबी गरे । बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीमा विश्वास नगरेर अपवित्र गठबन्धनको संस्कृतिको विकास भएको छ,’ ओलीले भने,’त्यस संस्कृतिको काम के भन्दा प्रगतिशील र जनपक्षीय शक्तिकाविरुद्ध आक्रमण केन्द्रीत गर्ने । यसलाई उहाँहरू लोकतान्त्रिक संस्कृति भन्नुहुन्छ । सुरु कसरी गर्नुहुन्छ भने नेकपा एमाले सरकारका पालामा गरिएको नियुक्ति खारेज गरेर ।  उनले आफूहरु पवित्र साँठगाँठ र संस्कृतिको विकास गर्नतिर लागेको बताए । श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार