एमसीसी संशोधन गरेर मात्रै पारित गर्नुपर्छ…..

काठमाडौं, सत्तामा हुँदासम्म कुनै पनि हालतमा एमसीसी पारित हुनुपर्ने बताउँदै आएका एमाले अध्यक्ष केपी शर्मा ओली यूटर्न भएका छन् । सत्ताबाट बाहिरिएसँगै उनले एमसीसी संशोधन गरेर मात्रै पारित हुनुपर्ने बताएका छन् । पार्टीको सोमबार बसेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै ओलीले एमसीसी संशोधनसहित पास हुनुपर्ने बताएका हुन् । उनले बरु सत्तारुढ दल नै एमसीसीबारे बोल्न नसकेको समेत बैठकमा बताए । सत्तारुढ दल एमसीसीको बारेमा किन बोल्न नसकेको ? तपाईंहरुकै पालामा सम्झौता गरेको होइन ? १ सय ६५ को कीर्तिमान मतले विश्वासको मत लिएकै छ त पास गर्दा भइहाल्यो किन हामीलाई दोष ?’, उनले भने, ‘हामी त स्पष्ट छौँ । हाम्रो पार्टीले बनाएको कार्यदलले दिएको सुझाव र बुद्धिजीवी र विज्ञहरूले दिएको सुझावहरूको आधारमा जनताको भावना अनुसार संशोधन सहित पास हुनु पर्दछ । ओलीले सरकारको न्यूनतम साझा कार्यक्रम आफूहरुविरुद्ध गाली गलौचको पुलिन्दा भएको टिप्पणी गरे । ‘सरकारको न्यूनतम कार्यक्रम हामीविरुद्ध गाली गलौचको पुलिन्दा हो। असंवैधानिक र अपवित्र नन्दिभिरिङ्गी जालिझेलिहरुको गठबन्धन हो’, ओलीले टिप्पणी गरे । उनले वाइडबडी, बालुवाटार जग्गा प्रकरण , सुन तस्करीकाण्ड कसले भए भन्ने प्रश्न गर्दै उनले त्यसमा संलग्न गठबन्धनका नेताहरूलाई कारबाही गर्न सक्नुहुन्छ भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न समेत गरे । आफ्नो नेतृत्वको सरकारले धरहरा, रानी पोखरी बनाउने देखि मेलम्चीको पानी काठमाडौँसम्मै ल्याएको भन्दै ओलीले त्यो पनि भत्काउन सरकारलाई चेतावनी दिए । भत्काइदेउ धरहरा, टालिदेउ मेलम्ची, भत्काइदेउ सडक पुल र विमानस्थलहरु ओली याद आउने सबै चिजहर’, उनको भनाइ थियो । अदालतको परमादेशबाट बनेको सरकारले एक महिनासम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेको पनि उनले टिप्पणी गरे । काँग्रेस नेतृत्वको सत्ता गठबन्धनप्रति आक्रामक रूपमा प्रस्तुत भएका ओलीले पार्टीले सशक्त प्रतिपक्षको भूमिका खेल्ने पनि बताए । उनले सरकार प्रतिपक्षसँग वार्ता र सहकार्य नगर्ने मनस्थितिमा देखिएको भन्दै भूमिहीन र सुकुम्वासी समस्या समाधान आयोग खारेजीको निर्णय एक उदाहरण भएको बताए । ‘सरकार हामीसँग वार्ता र सहकार्य नगर्ने मानसिकतामा छ । भूमिहीन र सुकुम्वासी समस्या समाधान आयोग खारेजीको निर्णय एउटा उदाहरण हो’, ओलीले भने, ‘ पुराना सबै नियुक्ति खारेज गर्ने यसैको उदाहरण हो। उनले आफूहरूले सशक्त प्रतिपक्षको भूमिका खेल्ने दोहोर्‍याउँदै सडक र सदनमा सशक्त र प्रभावकारी खेल्ने र सत्तारुढ सिँगौरी खेल्न आए सिङ्ग भाँचिने चेतावनी दिए । उनले बालुवाटार जग्गा, वाइडबडी प्रकरणलगायतमा झुटो मुद्दा लगाएर विपक्षीलाई फसाउने षडयन्त्र गरिए एमालेले तमाम देशभक्त, लोकतान्त्रिक र प्रगतिशील शक्तिको साथ लिएर प्रतिकार गर्ने ओलीले चेतावनी दिए । ओलीले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले प्रचण्डसँग मिलेर पार्टी ध्वस्त बनाएको र काँग्रेस सभापति शेरबहादुर देउवासँग मिलेर पार्टी नेतृत्वकै सरकार ढालेको आरोप लगाए । उनले नेपालबारे आफ्नो कुनै टिप्पणी नरहेको पनि बताए । माधव नेपालहरूको बारेमा केही भन्नु छैन। पुष्पकमल दाहालसँग मिलेर यो पार्टी ध्वस्त पार्न लाग्नुभयो, देउवासँग मिलेर आफ्नो सरकार ढालेर दक्षिणपन्थी गठबन्धन बनाउन लागे’, बैठकमा ओलीले भने, ‘साथीहरू माधवजीलाई केही नभन भन्नुहुन्छ। म भन्न पनि चाहन्न धेरै साथीहरूले कुरा बुझिसके सबै फर्कनुहुन्छ। छिटो छिटो आएर पार्टीलाई गति दिन अनुरोध गर्दछु। श्रोत:रापा

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार