कम्पनीका महाप्रबन्धक भट्टराईले पदबाट राजीनामा…..

काठमाडौँ — नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले पदबाट राजीनामा दिएका छन् । आचरणविपरीत काम गरेको भन्दै साउन १९ गतेको मन्त्रिपरिषद् बैठकले स्पष्टिकरण सोध्ने निर्णय गरेपछि भट्टराईले पदबाट राजीनामा दिएका हुन् । राजीनामा पत्रमा उनले आफूलाई राजनीतिक प्रतिशोधबाट पूर्वाग्रही ढंगले आफूलाई स्पष्टिकरण सोधिएको भन्दै पदबाट राजीनामा दिएको जनाएका छन् । उनले महाप्रबन्धकको जिम्मेवारी लिएपछि पहिलो चरणमा जयनगर-जनकपुर-कुर्था खण्डमा यात्रु रेल सेवा सञ्चालन गर्न तयारी अवस्थामा पुर्‍याएको जनाएका छन् । नेपाल भारत सीमा वारपार रेल सञ्चालनको निमित्त स्ट्यान्डर्ड ओपरेटिङ प्रोसिड्युर(एस‌ओपी) तयार गरी दुवै देशका सरकारबाट अनुमोदन गराइसकिएको र रेल सञ्चालन हुने मिति मात्र तय हुन बाँकी रहेको भट्टराईले दिएको राजीनामा पत्रमा उल्लेख छ । भट्टराईलाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ जेठ २९ मा रेलवे कम्पनीको महाप्रबन्धकमा नियुक्त गरेको थियो । पदीय मर्यादाविपरीत सामाजिक सञ्जालमा जथाभावी लेख्दै आएका भट्टराईले नेतृत्व सम्हालेको लामो समय बितिसक्दा पनि अझै रेल सञ्चालनमा आउन सकेको छैन । भट्टराई महाप्रबन्धक नियुक्त भएदेखि नै विवादित बन्दै आएका थिए । श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार