फेरि एकपटक च्याम्पियन्स लिग जित्ने सपना छ…..

काठमाडौं, भर्खरै मात्र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्माइन (पिएसजी) मा आबद्ध भएका लियोनल मेस्सीले फेरि एकपटक च्याम्पियन्स लिग जित्ने सपना रहेको बताएका छन् । उनले बार्सिलोनाबाट चार पटक च्याम्पियन्स लिग जितिसकेका छन् । अब, पिएसजीबाट जित्न चाहन्छन् । मेरो लक्ष्य र मेरो सपना थप एकपटक च्याम्पियन्स लिग जित्ने हो । मलाई लाग्छ, हामीसँग यस्तो गर्नसक्ने टोली छ,’ पिएसजीले मेस्सीलाई सार्वजनिक गर्नका लागि आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने । पिएसजीले अहिलेसम्म च्याम्पियन्स लिग जित्न सकेको छैन । २०२० को च्याम्पियन्स लिग फाइनलमा बार्यन म्युनिखले उसलाई हराएको थियो । बार्सिलोनामा २१ वर्ष बिताएर मेस्सी पिएसजीमा आबद्ध भएका हुन् । ३४ वर्षीय मेस्सी १३ वर्षको छँदा बार्साको युथ टोलीमा आबद्ध भएका थिए । उनले पछिल्लो १७ वर्ष बार्साको सिनियर टोलीबाट खेले । त्यसक्रममा ७ सय ७८ खेल खेल्दै ६ सय ७२ गोल गरे । उनले यसक्रममा ३५ वटा उपाधि जिते । त्यस्तै ६ पटक बेलाने डि अर जिते । ‘बार्साविरुद्ध खेल्दा अनौठो हुनेछ ,बार्सिलोना र पिएसजीबीच च्याम्पियन्स लिगमा प्रतिस्पर्धा हुनसक्ने विषयमा मेस्सी सचेत छन् । ‘बार्सिलोना मेरो घर हो । म त्यहाँ सानैदेखि छु र त्यहाँ धेरै कुराहरु बाँचेको छु’ उनले भने, ‘मलाई थाहा छैन, हामीले फेरि एकअर्काविरुद्ध भिड्नुपर्ने पनि हुनसक्छ । तर, बार्सिलोना फर्केर जान पाउनु निकै राम्रो हुनेछ । बार्सिलोनाको होम ग्राउन्डमा अर्कै जर्सी लगाएर खेल्नु निकै अनौठो हुनेछ । तर, यस्तो हुनसक्छ र हामी हेर्नेछौँ । श्रोत:रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार