काँग्रेस,माओवादीलाई फाइदा एमालेलाई क्षति…..

काठमाडौं, तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भङ्ग भएपछि पूर्ववत् अवस्थामा फर्किएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रमध्ये नेकपा एमालेले लगातार क्षति व्यहोर्दै आएको छ । सोही क्रममा पछिल्लो पटक एमालेले लुम्बिनी प्रदेश सरकारको नेतृत्व पनि गुमाएको छ । तत्कालीन नेकपा भङ्ग भएपछि सबैभन्दा बढी राजनीतिक लाभ भने नेपाली काँग्रेसलाई भएको छ । त्यसपछि क्रमशः माओवादी केन्द्र, जसपा र एमालेकै माधवकुमार नेपाल पक्षलाई भएको छ । एमालेकै केपी शर्मा ओली पक्षलाई भने निरन्तर क्षति भएको देखिन्छ । सर्वोच्च अदालतले फागुन २३ गते तत्कालीन नेकपाबारे गरेको फैसलापछि मुलुकको राजनीतिले कोल्टे फेरेको हो । उक्त फैसला आउनुअघि साबिकका दुवै दल एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको राजनीतिक वर्चस्व थियो । सङ्घीय सरकारमा झन्डै दुई तिहाइसहितको सरकार थियो भने ७ मध्ये ६ वटा प्रदेशमा नेकपाकै सरकार थियो । तर, सर्वोच्च अदालतले नेकपाबारे फागुन २३ मा गरेको फैसलापछि भने तत्कालीन नेकपा खारेज हुन पुग्यो भने नेकपा एमाले र नेकपा माओवादी केन्द्र साबिककै अवस्थामा क्रियाशील हुन पुगेपछि सङ्घीय सरकार र प्रदेश सरकारमा समेत फेरबदल भयो । कुनैबेला दलीयरुपमा सङ्घीय सरकारका साथै चारवटा प्रदेश सरकारको नेतृत्वमा रहेको एमालेसँग अब बागमती र प्रदेश १ सरकारमात्र बाँकी छन् । यति मात्र होइन, माओवादी केन्द्रले प्रदेश सरकारको नेतृत्व गर्दै आएको कर्णाली प्रदेशमा नेकपा एमाले बहुमतमा रहे पनि आन्तरिक कलहका कारण सरकारको नेतृत्व गर्ने अवसरबाट वञ्चित भयो ।   श्रोत:रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार