संक्रमण जोखिम बढेको जनाउँदै राति सवारी साधन चलाउन रोक…..

काठमाडौँ — कोभिड–१९ को संक्रमण जोखिम बढेको जनाउँदै काठमाडौं उपत्यकामा बिहीबार राति ८ बजेदेखि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न नपाइने गरी निषेधाज्ञा लागू गरिएको छ । बिहीबार पहिलो दिन उपत्यकाका चोक चोकमा प्रहरीले सवारी साधन रोक्दै फेरि निषेधाज्ञाको अवधिमा नचलाउन चेतावनी दिँदै पठाउने गरेको छ । आगामी भदौ ८ गतेसम्म लागू हुने निषेधाज्ञाको अधविमा अन्य ढुवानीका साधन भने तोकिएका समयमा सञ्चालन गर्न सकिने छ । अत्यावश्यक काममा प्रयोग हुने सवारी भने चौबीसै घण्टा सञ्चालन हुने छ । पछिल्लो दुई हप्तादेखि उपत्यकामा निषेधाज्ञामा कडाइ गर्न थालिएको छ । अघिल्लो हप्ता सेमिनार, गोष्ठी, बैठक भर्चुअलरूपमा मात्रै गर्ने निर्णय गरेको थियो । अन्य गतिविधिका सन्दर्भमा भने विगतमा लागू भएको आदेशलाई यथावत राखिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । उपत्यकाको तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रजिअसहितको बैठकले उक्त आदेश जारी गरी लागू गरेको हो । अन्य विभिन्न जिल्लामा पनि आदेशमा कडाइ गर्न थालिएको छ । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को तेस्रो लहर आउनसक्ने चेतावनी दिइसकेको छ । बिहीबार राति निषेधाज्ञा लागू भएपछि ट्राफिक प्रहरीले घण्टाघर, न्यूरोड क्षेत्रमा यातायातका साधन रोक्दै, सोधपुछ गर्दै पठाएको छन् । श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार