अमर्यादित शब्दलाई रेकर्डबाट हटाउन निर्देशन…..

काठमाडौँ — प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोलिएको ‘मेन्टल्ली’, ‘फिजिकल्ली’ भन्ने शब्दलाई संसद सचिवालयको रेकर्डबाट हटाउन निर्देशन दिएका छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठक सुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले हिजोको बैठकमा सत्तापक्षीय एक जना सांसदले अर्को प्रतिपक्षी दलका सांसदलाई अमर्यादित र असंसदीय शब्द बालेको भन्दै त्यसलाई संसदको रेकर्डबाट हटाउन माग गरेका थिए । हिजोको बैठकमा विशेष समयमा बोल्दै नेकपा(माओवादी केन्द्र)का सांसद मातृकाप्रसाद यादवले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली ‘मेन्टल्ली र फिजिकल्ली’ अस्वस्थ भएकाले नै मुलुकलाई दुर्घटना तर्फ उन्मुख गराएको आरोप लगाएका थिए । पूर्वमन्त्री समेत रहेका यादवले बोल्ने वित्तिकै प्रमुख सचेतक भट्टराईले हिजोको बैठकमा पनि नियमापत्ति गर्दै उक्त शब्दावलीलाई संसदको रेकर्डबाट हटाउन माग गरेका थिए । प्रतिनिधि सभाको शुक्रबारको बैठक सुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का सांसदहरुले आसन ग्रहण नगरी उभिएर विरोध जनाएपछि सभामुख सापकोटाले प्रमुख सचेतक भट्टराईलाई आफ्नो भनाइ राख्न समय उपलब्ध गराएका थिए । श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार