तालिवानको आफ्नो विजयको सुनिश्चतता, चीनको चासो…..

अफगान राष्ट्रपति असरफ घानीले देश छाडिसके । तालिवानले आफ्नो विजयको सुनिश्चतता गरिसकेको छ । सोमबार अफगान नागरिकलाई कोरोना भाइरसबाट भन्दा पनि तालिवानको गोलीबाट बच्न गार्‍हो भएको छ ।  तालिवानले पूर्णरुपमा अफगानिस्तालाई नियन्त्रण गरिसकेपछि पनि अफगान जनतामाथि ज्यादती गर्लान् कि नगर्लान् ? लाखौँ-लाख मानिस शरणार्थीको रुपमा छिमेकी देशहरू पाकिस्तान, ताजकिस्तानमा शरण लिन पुगेका छन् । उनीहरूलाई घर फिर्ता गर्न सहज वातावरण निर्माण गर्लान् कि नगर्लान् ? यी प्रश्नहरूको उत्तरले नै तालिवानको भविष्य निर्णय गर्नेछ । अब तालिवान देशमा शान्ति चाहन्छन् कि प्रतिशोधको भावना साँधेर हत्या-हिंसालाई निरन्तरता दिन्छन् ? यसले नै भविष्यमा अफगानिस्तानमा शान्तिको बाटो निर्धारण गर्नेछ । अमेरिकाले अफगानिस्तान छोडेसँगै तालिवान हौसिएर बेइजिङ पुग्यो । २८ जुलाई २०२१ मा विश्व चकित हुनेगरी चिनियाँ विदेशमन्त्री र तालिवानका प्रतिनिधि मुल्हा अब्दुल घानीबीच भेटघाट भयो । अफगानिस्तानले कुटनीतिक माध्यमबाट असन्तुष्टि व्यक्त गरिसकेको छ । चीनको लागि अफगानिस्तानका राजदूत जाभिद अहमदले तालिवानलाई विश्वास नगर्न भन्दै चीनलाई आग्रह गरेको छ । भेटघाटले अन्तर्राष्ट्र्रिय जगतमा भने ठूलै तरंग पैदा गरेको छ । चीन र तालिवानको भेटघाटलाई अप्राकृतिकरुपमा लिएको देखिन्छ । अफगानिस्तानमा आतंक मच्चाइरहेको विद्रोही तालिवानले चीनको साथ खोज्नुलाई आश्चार्यरुपमा हेरिन्छ । अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने भन्ने चिनियाँ विदेश नीतिले तालिवानलाई कसरी लिन्छन् आगामी दिनहरुमा हेर्न बाँकी छ । आखिर किन तालिवानले चीनको साथ खोजेको छ ? यसका पछि के कारणहरु हुन सक्छन् भन्ने कुरा यो आलेखमा पस्किन खोजिएको छ । यहाँ कुनै अमुक देशलाई तालिवानको दोष थोपार्न खोजिएको भने पक्कै होइन ।   श्रोत:रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार