मध्यमार्गी नेतालाई अझै ओलीको आश, छाडे माधवको साथ …..

काठमाडौं, नेकपा एमाले विभाजन भएर नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भइसक्दा पनि माधव नेपाल पक्षकै केही नेताहरू भने अझै एमाले एकताको विकल्प नभएको भन्दै दौडधुपमा व्यस्त छन् । यी नेताहरू अझैसम्म केपी ओलीले माधव नेपालमाथिको कारबाही फिर्ता लिन्छन् र एमाले एक हुन्छ भन्ने आशमा छन् । बुधबार अपराह्न माधवकुमार नेपालसहितका नेताहरू नेकपा एमाले (समाजवादी ) पार्टी दर्ताका लागि निर्वाचन आयोगमा पुगेका बेला मध्यमार्गी भनेर चिनिएका माधव नेपाल पक्षका केही नेताहरू बेग्लै छलफलमा जुटेका थिए । यसरी अन्तिम घडीमा आएर माधव नेपालको साथ छाड्नेहरूमा घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम रावल, भीम आचार्य, सुरेन्द्र पाण्डे, अमृतकुमार बोहरा, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीसमेत छन् । मध्यमार्गी मध्येका एक नेता गोकर्ण विष्टले आफूहरू अझै पनि पार्टी एकताकै पक्षमा रहेकाले तत्काल कुनै पनि पक्षमा नलाग्ने बताए । विष्टले रातोपाटीसँग भने, ‘हामी अझै पनि पार्टी एकताको पक्षमा लागि रहेका छौँ । त्यसैले, कुनै समूहमा पनि लाग्दैनौँ । विष्टले एमाले विभाजनपछि कुन पक्षमा लाग्नुहुन्छ भन्ने प्रश्नको जवाफमा भने, ‘अझै पनि हाम्रो प्रयास पार्टी एकताकै पक्षमा हुन्छ । श्रोत:रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार