सत्तामा माधव नेपाललाई उच्च प्राथमिकता…..

काठमाडौँ — एमालेबाट अलग भएको माधवकुमार नेपाल समूहलाई सत्ता गठबन्धनले ‘उच्च प्राथमिकता’ मा राखेर अवसर दिएको छ । नयाँ पार्टीको मान्यता पाइनसके पनि नेपालले सिफारिस गरेका व्यक्तिले धमाधम नियुक्ति पाउन थालेका छन् । केपी शर्मा ओलीलाई प्रतिस्थापन गर्दै प्रतिनिधिसभाको पुनःस्थापना र शेरबहादुर देउवा नेतृत्वको सरकार निर्माणमा नेपालको जोखिमपूर्ण कदम निर्णायक रहेको भन्दै गठबन्धनले शक्ति बाँडफाँटमा महत्त्वका साथ अवसर दिन सुरु गरेको छ । संघ र प्रदेश सरकारबाहेक ओली नेतृत्वको सरकारले गरेका करिब एक हजार नियुक्ति प्रक्रिया पुर्‍याएर खारेज गर्ने र त्यहाँ नयाँ नियुक्ति दिँदा नेपाल समूहलाई २० देखि २५ प्रतिशतसम्म अवसर दिने सहमति छ । यसैअनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वाग्मती प्रदेशको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मालाई नियुक्त गरेकी हुन् । शर्मा नेपाल प्रधानमन्त्री हुँदा उनका स्वकीय सचिव थिए । अहिलेसम्म लुम्बिनीमा माओवादी, गण्डकी र प्रदेश २ मा कांग्रेसले प्रस्ताव गरेका व्यक्ति प्रदेश प्रमुख नियुक्त भएका छन् । स्रोतका अनुसार नेपालले अझै एउटा प्रदेशमा प्रमुख पाउने सम्भावना छ । यसबाहेक नेपाल पक्षले रेलवे कम्पनी लिमिटेडको महाप्रबन्धक पाएको छ । नेपाल पक्षको सिफारिसमा सरकारले नीरञ्जन झालाई महाप्रबन्धक नियुक्त गरेको छ । ‘अन्य नियुक्तिमा पनि नेपाल पक्षको सम्मानजनक सहभागिता रहनेछ,’ कार्यदलमा रहेका एक नेताले भने । ती नेताका अनुसार नेपालले पाँच मन्त्री र एक राज्यमन्त्री मागेका छन्, मागेअनुसार मन्त्रालय दिने करिब–करिब सहमति भइसकेको छ । नेपाललाई मन्त्रिपरिषद् विस्तारदेखि अन्य राजनीतिक र संवैधानिक नियुक्तिमा सम्मानजनक हैसियत दिने गठबन्धनको रणनीति छ । आफ्नै पार्टी नेतृत्वको सरकार हुँदा विगतमा नेपाल पक्षलाई राजनीतिक र संवैधानिक नियुक्तिमा ओलीले बेवास्ता गरेका थिए । तर देउवा नेतृत्वको गठबन्धनले नेपाललाई ‘रणनीतिक’ ढंगले मागेअनुसार मौका दिएको छ । श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार