जनताको काम विनम्रतापूर्वक गर्नेछु…..

काठमाडौं, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले कुनै प्रकारको दम्भ र अहङ्कार बिना नै आफ्नो नेतृत्वको सरकारले जनताको पक्षमा विनम्रतापूर्वक काम गर्ने बताएका छन् । उनले प्रदेशसभामा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्दै प्रदेशको अनुहार पढ्ने र बदल्ने कुरालाई आफ्नो नेतृत्वको सरकारले कहीँ अवमूल्यन नगर्ने प्रस्ट पारे । उनले भने, ‘मेरो नेतृत्वको सरकारले जनताको जीवनमा सुधार, स्वास्थ्य उपचारको ग्यारेन्टी गर्छ र समयसीमाभित्र पूर्ण जवाफदेही ढङ्गले ती विषयलाई सम्बोधन गर्छ ।’ पुराना सरकारका नारा एकातिर, काम अर्कोतिर भएको भन्दै उनले ती नारालाई समेत सार्थक तुल्याउने गरी काम गर्ने पनि बताए । उनले प्रतिपक्षका साथीहरूले समेत सहयोग गर्ने अपेक्षा आफूले लिएको उल्लेख गरे । उनले प्रतिपक्षलाई आफ्ना सबै अहम् समाप्त गरेर, सत्तामा रहने र प्रतिपक्षमा रहने कुरालाई स्वाभाविक प्रक्रिया मानेर, नैतिक मूल्य, मान्यता र आफ्नो निश्चित मर्यादा, संसदीय प्रक्रियाको अवलम्बन गर्न पनि सुझाव दिए । श्रोत:रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार