प्रतिगमनका नाइकेहरू नै कम्युनिस्टभित्रै देखा परे

काठमाडौं, कम्युनिस्टहरूलाई एक ठाउँमा राखेर एकता गर्दा राम्रो हुन्छ कि भनेर मैले आफैँ प्रस्ताव गरेको थिएँ । तर, दुर्भाग्य, त्यो पाँच वर्ष पनि टिक्न सकेन । काँग्रेसले चुनाव जितेर पनि पाँच वर्षसम्म टिक्न नसकेको तीतो यथार्थ हामीले पञ्चायतविरोधी आन्दोलनपछि भोगेका थियौँ । समाजवादी आन्दोलनका क्रममा कम्युनिस्टभित्र भएको त्यो ध्रुवीकरण पनि पाँच वर्ष टिकेन । बरु, भयानक प्रतिगमनका नाइकेहरू नै कम्युनिस्टभित्रै देखा परे, हामीले देशव्यापी अभियान चलाउनुप–यो । मैले त पहिलो संसद् विघटन भएपछि त्यसलाई भिन्न प्रकारको जनयुद्ध नै ठानेँ । यो प्रतिगमनलाई परास्त गरिएन भने सबै उपलब्धि खतरामा पर्ने, देश खतरामा पर्ने, देश ठूलो दुर्घटनामा जाने र ३०–४० वर्ष सङ्घर्ष गर्नुपर्ने हो कि भन्ने देखेँ र यसलाई ‘लाइफ एन्ड डेथ’ कै सङ्घर्षका रूपमा हामीले लियौँ । तपाई युवाहरू त्यसमा सक्रियतापूर्वक लाग्नुभयो । हामीले हजारौँ र लाखौँ जनतालाई काठमाडौँका सडकमा उतार्यौँ । विभिन्न प्रतिक्रियावादी शक्तिहरूले यो परिवर्तनलाई उल्ट्याउने, गठबन्धनलाई कमजोर पार्ने, पुरातनपन्थतर्फ फर्काउने प्रयास सकिएको छैन । युवाहरूले यो जिम्मेवारी आत्मसाथ गर्नुपर्ने अवस्था छ । तपाईहरुले आत्मसात् गरेर समर्पित रूपमा लाग्नुभयो भने ठूला ठूला प्रतिक्रान्तिकारी शक्तिलाई परास्त गर्न सकिन्छ । हुन त के कुरा पनि हेक्का रहोस् भने भौतिक शरीर बुढो भए पनि प्रवृत्ति र विचार बुढो हुने कुरा होइन । हाम्रो आशा, युवाहरूमाथि छ । यो भेला हेर्दै गर्दा तपाईँहरूमा उत्साह छ वा छैन । तपाईँहरू समर्पित भावनामा हुनुहुन्छ वा हुनुहुन्न । मैले हेर्दा माओवादी मात्रै होइन, हामी अहिले त गठबन्धन छौँ । धेरै दुःखले यो गठबन्धन बनेको हो । संविधानको रक्षाको निम्ति यसको (गठबन्धनको) रक्षा गर्नु छ । परिवर्तनको रक्षाका निम्ति यो गठबन्धनलाई रक्षा पनि गर्नु छ र सुदृढ पनि गर्नु छ । दोस्रो पटकको संसद् विघटनलाई परास्त गर्नका लागि हामी पाँच दलबीच मोर्चा बन्यो र त्यो मोर्चाले जसरी पहल ग–यो । र, अहिले नयाँ सरकार गठन हुने ठाउँसम्म आउने ठाउँ बन्यो । देशको राजनीतिक र इतिहासले के बताएको छ भने लोकतन्त्रका पक्षमा लाग्ने विभिन्न विचार भएका पार्टीहरू जहाँ जहाँ मिलेका छौँ, ठूला ठूला राजनीतिक परिवर्तन नेपालमा सम्भव भएको छ । जति जतिबेला हामी विवाद गरेर बसेका छौँ, त्यतिबेला प्रतिक्रियावादी सफल भएका छन् , देश र जनताले दुःख पाएका छन् । श्रोत:रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार