आर्सनलमाथि सिटीको गोल वर्षा…..

साबिक विजेता म्यानचेस्टर सिटीले १० खेलाडीमा सिमित आर्सनलमाथि ५–० को शानदार जीत हासिल गरेको छ । यो सिजन जीतविहीन रहेको आर्सनलको यो लगातार तेस्रो हार हो । शनिबार भएको खेलमा आर्सनल खेलको सातौँ मिनेटमा नै पछि परेको थियो । ग्याब्रियल जिसुसको पासमा इल्के गुन्डोगानले सिटीलाई अग्रता दिलाएका थिए । १२ मिनेटमा फेरान टोरेसले सिटीको अग्रता दोब्बर बनाए । ३५ औँ मिनेटमा ग्रानिट जाकाले रातो कार्ड पाएपछि आर्सनल १० खेलाडीमा सिमित बन्यो । त्यसको फाइदा उठाउँदै जिसुसले सिटीका लागि तेस्रो गोल थपे । दोस्रो हाफमा रोड्री र टोरेसले एक–एक गोल थप्दै सिटीलाई सहज जीत दिलाए । तीन खेलमा २ मा जीत र एकमा हार ब्यहोरेको सिटी गोलअन्तरको आधारमा लिगको शीष स्थानमा उक्लिएको छ । उता, ३ खेलमा ३ वटामै हार व्यहोरेको आर्सनल लिगको पुछारमा रहेको छ । एजेन्सी

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार