देउवाले सत्तारुढ गठबन्धनका शीर्ष नेताहसँग छलफल…..

काठमाडौँ — मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनका शीर्ष नेताहसँग छलफल गरेका छन् । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका हुन् । नेताहरूबीच करिब दुई घण्टा छलफल भएको थियो । सरकार सञ्चालन र मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भएको स्रोतले जनाएको छ । देउवालाई विश्वासको मत दिएका माधवकुमार नेपाल र महन्थ ठाकुर नेतृत्वमा नेकपा (एस) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को दर्ता प्रक्रिया पूरा भएकाले अब केही दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने देउवा निकट एक नेताले बताए । गएको २९ असारमा प्रधानमन्त्री पदमा शपथ लिएका देउवाले एक सातामै संसद्‌मा विश्वासको मत लिएका थिए । तर, मन्त्रिपरिषद्मा विश्वासको मत दिने दल र सांसदहलाई समेट्ने योजना अन्तर्गत देउवाले अहिलेसम्म पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । देउवाले शनिबार पनि माओवादी अध्यक्ष दाहालसँग छलफल गरेका थिए । तर, मन्त्रिपरिषद् विस्तारका विषयमा सत्तारुढ दलहरूबीच कुन दलले कति मन्त्रालय लिने भन्ने सहमति जुटिसकेको छैन । सोमबार जनता समाजवादी पार्टीका शीर्ष नेताहसहित सत्तारुढ गठबन्धनको बैठक बसेपछि मन्त्रिपरिषद् विस्तारको विषय टुंगो लाग्ने एक नेताले बताए । श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार