काँग्रेसमा १४ औं महाधिवेशनको रौनकसँगै,धार्मास्त्र’ले स्थान पाउन थाले…..

काठमाडौं, नेपाली काँग्रेसमा १४ औं महाधिवेशनको रौनकसँगै ‘धार्मास्त्र’ले स्थान पाउन थालेको छ । आगामी मंसिर ९–१३ मा हुने महाधिवेशनको तयारीमा जुटेका नेताहरुमा ‘हिन्दु सेन्टिमेन्ट’लाई ‘क्यास’ गर्ने होडबाजी शुरु भएको छ । सभापति तथा पदाधिकारीका दाबेदारहरुले पूजापाठ र महन्थ–पुजारीसँग फोटो सेसन गराउन थालेका छन् । काँग्रेसमा धर्मनिरपेक्षताको पक्षपाती मानिएका नेताहरु पनि ‘धार्मिक लुक्स’मा सार्वजनिक हुन थालेका छन् । यसमा पछिल्लो समय सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधि अग्रपंक्तिमा देखिएका छन् ।

देउवाका लागि आरजुको सक्रियता

पछिल्लो समय देउवा दम्पतीले धार्मिक गतिविधि बढाएका छन् । देउवापत्नी आरजु राणाले असार दोस्रो साता जापानबाट फर्किँदा धार्मिक सन्देशसहित फोटो सर्वाजनिक गरेकी थिइन् । जसमा शेरबहादुर देउवा, आरजु राणा र छोरा जयवीरसिंह देउवा धार्मिक लुक्समा देखिएका थिए । साउन ५ गते हरिशयनी एकादशीको अवसरमा आरजूले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तुलसी रोपेको फोटो सार्वजनिक भयो । नेपाल भ्रमणमा आएका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेलाई आरजुले भदौ ६ गते बालुवाटारमा रक्षाबन्धन बाधिँदिएकी थिइन् । हिन्दु धर्मअनुसार आरजुले चौथाइवालेलाई राखी बाँधिदिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । साउन ६ गते भारतीय हिन्दु धर्मगुरु जगतगुरु सुर्याचार्य कृष्णदेवनन्द गिरीजी महाराज (द्वारका)लाई बालुवाटार बोलाइएको थियो । त्यसक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, प्रथम महिला आर्जू राणा देउवालगायले फोटोसेसन समेत गरेका थिए । भारतीय जनता पार्टीसँग निकट रहेका गिरीजीसँगको गरिएको फोटोसेन चर्चाको विषय बनेको थियो । काँग्रेस सभापतिमा दोहोरिने तयारीमा रहेका देउवाका लागि हिन्दुवादी माहोल बनाउन आरजु सक्रिय छिन् । हिन्दुवादमा देउवा भन्दा आरजुको रुची बढी देखिन्छ । देउवा टिममा पदाधिकारी दाबेदारमध्ये अधिकांश हिन्दुवादी छन् । उपसभापतिका दाबेदार विजय गच्छदार, पूर्णबहादुर खड्का, महामन्त्रीका दाबेदार प्रकाशशरण महत, बालकृष्ण खाण, एनपी साउदहरु धर्मनिरपेक्षता खारेजीको पक्षमा रहेका छन् । उनीहरुले केही समय पहिला केन्द्रीय कमिटी बैठकमै धर्मनिरपेक्षताका विरोध गरेका थिए ।  श्रोत:रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार