लोसपामा पनि सरकारमा सहभागी हुने/नहुनेबारे दुईधार…..

काठमाडौँ — जसपाबाट फुटेर बनेको नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा पनि सरकारमा सहभागी हुने/नहुनेबारे बहस सुरु भएको छ । वरिष्ठ नेता शरतसिंह भण्डारी लगायतका केही सांसदहरू विश्वासको मत दिएर देउवालाई समर्थन गरेको हुनाले सरकारमा सहभागिता जनाउनुपर्ने पक्षमा देखिएका छन् । उता अर्का वरिष्ठ नेता राजेन्द्र महतो लगायतका सांसदहरू भने अनिच्छुक छन् । प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका सत्ता गठबन्धनका अन्य दलका नेताहरूले भने लोसपालाई सरकारमा ल्याउनेबारे चासो दिएका छैनन् । तर लोसपाभित्र भने सरकारमा सहभागिताको विषयलाई लिएर आन्तरिक चासो भने निकै बढेको छ । वरिष्ठ नेता भण्डारीले सरकारमा सहभागीताबारे निर्णय गर्ने र मन्त्रालय लगायतका विषयमा प्रधानमन्त्री लगायतका नेताहरूसँग छलफलको जिम्मा पार्टीले अध्यक्ष ठाकुरलाई लगाएको बताए । ‘सरकारमा सहभागिताबारे सबै कामको जिम्मा अध्यक्ष ठाकुरलाई लगाइएको छ । नीतिगत हिसाबमा यो हाम्रो सरकार हो । सरकार बनाउन भोट हालेको हो,’उनले कान्तिपुरसँग भने, ‘पार्टीले यो सरकारलाई निर्णय गरेर विश्वासको मत पनि हालेको हुनाले हामी सहकार्य गर्न तयार छौं । सरकारमा जानुपर्ने पक्षले अध्यक्ष ठाकुरलाई मन्त्रालय मागेर प्रधानमन्त्री देउवा र गठबन्धनका नेताहरूसँग छलफल गर्नका लागि दबाब दिएको छ । वरिष्ठ नेता महतोले भने सरकारलाई समर्थन गरेको विपक्षी पार्टी लोसपा भएको प्रतिक्रिया दिए । उनले भने, ‘सरकारलाई समर्थन गरेको, प्रतिपक्षमा छौं हामी । हामीले सरकारलाई बाहिरबाट माग र मुद्दाको आधारमा सरकारलाई समर्थन गरेको हो । देउवा सरकारले अध्यादेश ल्याएर पार्टी गठनका लागि बाटो खोलिदिएकाले लोसपा पार्टीले धन्यवाद दिनुपर्ने भण्डारीको भनाइ छ । प्रधानमन्त्रीले सहयोग गर्नुस् भनेमा पार्टी पछि नहट्ने पनि उनले बताए । अहिलेको सरकारको विरोध गर्ने एजेन्डा पार्टीसँग नभएको पनि उनको तर्क छ ।  ठाकुरले अहिले केही मन्त्रीका लागि देउवासँग माग गर्ने भन्दा पनि सत्तारुढ गठबन्धनबाटै प्रस्ताव आओस् भनेर पर्खिरहेको र सरकारमा जाने लाइनमा रहेका नेताहरूले बताएका छन् । मन्त्री पद बाँडफाँटका लागि सत्तारुढ गठबन्धनमा नै कलह भइरहेको भन्दै महतोले पार्टीलाई सरकारमा सहभागी हुन भनेर प्रधानमन्त्रीबाट कुनै प्रस्ताव नआएको पनि बताए । ‘उनीहरू आफैलाई पुगेको छैन । हामीले लोभ गरेर हुन्छ ? यो कुरा उठाउने बेला भएको छैन । सांसद उमाशंकर अरगरियाले प्रधानमन्त्री देउवालाई आफ्ना मागहरू सम्बोधन गर्ने पक्षमा लाग्नुस् भनेर आग्रह गरिएको बताए । ‘सरकारमा जानेबारे नै त कुरा भएको छैन ।  नागरिकता विधेयक लगायत अन्य मुद्दाको कुरा हामीले प्रधानमन्त्रीसामू राखेका छौं । सरकारमा सहभागी हुँदा भण्डारीले नेतृत्व गर्ने पनि ती नेताहरूको भनाइ छ । प्रधानमन्त्री देउवाले उपप्रधानमन्त्री नराख्ने र राखे पनि लोसपाको भागमा उपप्रधानमन्त्री नपर्ने भएकाले महतोले सरकारमा जान नहुने धारणा राखिरहेको सरकारमा जानुपर्ने पक्षका एक सांसदले बताए । श्राेत: इका

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार