काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो : अब स्कूल खोल्न सकिने…….

काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुकुलो बनाइएको छ। त्यसै पनि खुकुलो बनिरहेको निषेधाज्ञालाई काठामाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले थप खुकुलो बनाएको हो। काठमाडौंँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकलगत्तैे काठमाडौँ जिल्ला प्रशासनले सूचना निकालेर निषेधाज्ञा खुकुलो बनाएको जनाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले भाद्र मसान्तसम्म लागू हुने गरी निषेधाज्ञा जारी रहेको जनाउँदै सो अवधिमा विद्यालय समेत सञ्चालन गर्न सकिने उल्लेख गरेको छ।कोभिड १९ महामारीको रोकथाम तथा नियन्त्रण सम्बन्धमा नेपाल सरकार(मन्त्रिपरिषद्) को निर्णय, कोभिड १९ संकट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी काठमाडौँ जिल्ला प्रशासन कार्यालयले भाद्र मसान्तसम्म निषेधाज्ञालाई लम्ब्याएको सूचनामा भनिएको छ। प्रशासनले निषेधाज्ञा लम्ब्याए पनि त्यसलाई खुकुलो बनाएको छ। जारी निषेधाज्ञाकोे अवधिमा शैक्षिक संस्थाहरु(विद्यालय) ले भौतिक उपस्थितिमा पठनपाठन गर्न/गराउन नपाउने प्रशासन कार्यालयले जनाएको छ। विद्यालयले भौतिक उपस्थितिमा पठनपाठन गराउनै पर्ने भएमा नेपाल सरकाले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहहरुले जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु सञ्चालनको निर्णय गर्न सक्ने जनाएको छ। कार्यालयले जारी गरेको सूचनामा चाडपर्वहरु स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गरी न्यूनत्तम सहभागितामा सांकेतिक रुपमा मात्र मनाउन पाउने आदेश सूचनामा छ। श्राेत:एनअेाएन

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार