काठमाडौँ — संखुवासभाको मादी नगरपालिका–१, खोलागाउँमा एकै घरका ६ जनाको हत्या भएको घटनास्थलमा प्रहरी र जनप्रतिनिधि पुगेका छन् । सोमबार बिहान खोला गाउँका स्थानीयले एकै परिवारका ६ जनाको शव घर वरिपरि भेटेपछि प्रहरीलाई खबर गरेका थिए । घटनामा ५८ वर्षीय तेजबहादुर कार्कीसहित उनकी आमा ८० वर्षीया पार्वता, ५६ वर्षीया श्रीमती मनमाया, २८ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमा कार्कीको शव भेटिएको हो । एकै परिवारका छ जनाको शव भेटिएको छ । घरमुली ससुराको शव घरदेखि ७० मिटर पर भेटिएको छ । उसको टाउकोमा अलिकति ब्लड देखिन्छ, कोखामा छुरी हानेको जस्तो देखिन्छ । त्यसबाट अलि वर बीचमा खोल्सी छ, त्यहाँ सासु र बुहारीको शव भेटिएको छ । उनीहरुलाई खोल्सातिर लडाइएको छ । बुढी सासुचाहिँ बेला–बेलामा मुर्छा पर्ने गर्थिन् रे । उनको शवचाहिँ घरमै ओछ्यानमै सिरक ओढाएरै सुताइएको अवस्थामा छ । त्यस्तै, छोरा–छोरीको शव घरदखि २० मिटर जति माथितिर भेटिएको छ । झाडीभित्र भएकाले हामीले पनि हेर्न पाएका छैनौं । मादी नगरपालिका मेयर विदुर लिङ्थेपले घटनास्थलमा आफूहरु र प्रहरी पनि आइसकेको र प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर अनुसन्धान थालिसकेको जानकारी दिए । मेयर लिङ्थेपका अनुसार मृतक ६ जनामध्ये कसैको शव घरदेखि ७० मिटर पर लडिरहेको अवस्थामा, त कसैको घरमा सुतिरहेकै अवस्थामा शव भेटिएको छ । अहिले प्रहरी आइसकेको छ । घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएको छ । घरमा दुई वटा भैंसी रहेछन् । कुखुरा–बाख्राहरु छोडिएका छन् । शवको हुलिया हेर्दा घटना राति भएको जस्तो लाग्दैन । घरधनी ससुराले लुगा जुत्ता लगाएको अवस्थामा छ । त्यसैले घटना बिहानमात्रै भएको हो कि ? जस्तो पनि देखिन्छ । यो सामान्य किसान परिवार हो । उनीहरुको हत्या गर्नुपर्ने कारण के भन्ने ? खुलेको छैन । के कस्तो प्रयोग भएको हो भन्ने प्रष्ट हुन सकिएन । टाउकोमा अलिकति रगत देखिएको मात्रै हो । इका












