पपुवान्यसगिनीमाथि दुई विकेटको संघर्षपूर्ण जीत हासिल…..

काठमाडौं, नेपालले एकदिवसीय शृङ्खलाको पहिलो खेलमा पपुवान्यसगिनीमाथि दुई विकेटको संघर्षपूर्ण जीत हासिल गरेको छ । पुपुवान्युगिनीले प्रस्तुत गरेको १३५ रनको लक्ष्य नेपालले ३९.३ ओभरमा ८ विकेटको क्षतिमा सफलतापूर्वक पछ्याएको हो । पपुवा न्युगिनीले अलआउट हुँदै १ सय ३४ रन बनाएको थियो । ओमानस्थित अल अमेरत रंगशालामा टस जितेर ब्याटिङ थालेको पपुवा न्युगिनीविरुद्ध सन्दीप लामिछानेले ४, विक्रम सोब र कुशल मल्लले दुई–दुई तथा सोमपाल कामीले एक विकेट लिए । सन्दीपले १० ओभर बलिङ गर्दै केवल ३५ रन खर्चिएर ४ विकेट लिएका हुन् । पपुवा न्युगिनीबाट कुनै पनि खेलाडीले अर्धशतक पनि बनाउन सकेनन् । उसका लागि लेगा सियाकाले ३०, चाल्र्स अमिनीले २३ र गौडी टिकाले २२ रन बनाए र चाद सोपरले अविजित १७ रन बनाए । रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार