हिरासतमा मृत्यु भएका भिम कामतका आफन्तले प्रदर्शन…..

विराटनगर, जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा मृत्यु भएका विराटनगर–११ का भिम कामतका आफन्तले मंगलबार विराटनगरमा प्रदर्शन गरेका छन्। फलामका रड, लाठीसहित कामतका आफन्त प्रदर्शनमा उत्रिएपछि विराटनगरको बजार पसल बन्द भएका छन् भने यातायात सेवा पनि अवरुद्ध भएको छ। प्रदर्शनकारीहरूले विराटनगरको मुख्य चोकहरूमा टायर बालेर बिरोध प्रदर्शन गरिरहेका छन्। विराटनगर–धरान छ लेन सडकमा विभिन्न स्थानमा टायर बालेर प्रदर्शन भइरहेकाले यातायात पनि ठप्प भएको छ। कामतलाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको थियो। लागूऔषध मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका उनको भदौ २० गते दिउँसो मृत्यु भएको थियो। प्रहरीले विराटनगरको कोशी अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको बताएको छ। आफन्तहरूले भने प्रहरीले बयानका लागि यातना दिदाँ उनको मृत्यु भएको दाबी गर्दै आएका छन्। गत शुक्रबार साढे तीन केजी गाँजासहित पक्राउ परेका कामतको आइतबार मृत्यु भएको थियो। आफन्तले प्रहरीको यातनाले कामतको मृत्यु भएको आरोप लगाउँदै प्रदर्शन गर्दै आएका छन्। यसअघि घटनाको छानविन गर्न माग गर्दै सोमबार पनि विराटनगरमा प्रर्दशन गरिएको थियो। एनअेाएन

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार