झलनाथ खनालको उपचारमा राज्यकोषबाट ८१ लाख रुपैयाँ खर्च…..

नयाँदिल्ली — पूर्वप्रधानमन्त्री झलनाथ खनालको दिल्लीस्थित इन्द्रप्रस्थ एपोलो अस्पतालमा उपचार गराउँदा ८१ लाख रुपैयाँ खर्च भएको छ । सरकारले उपचारमा लाग्ने सम्पूर्ण खर्च राज्यकोषबाट व्यहोर्ने निर्णय गरेको छ । मृगौला प्रत्यारोपण गराउने क्रममा खनाल अस्पतालमा ७६ दिन बसेका थिए । बिलमा कोठा शुल्क, चिकित्सक परामर्श, शल्यक्रिया शुल्क, प्याकेज रकम, औषधिलगायत २० प्रकारका शीर्षकमा खर्च उल्लेख छ । असार २ (१६ जुन) मा भर्ना भएका खनाल भदौ १४ (३० अगस्ट) मा डिस्चार्ज भएका थिए । दूतावासले अस्पतालबाट प्राप्त बिल, भुक्तानी गरिएको र बाँकी रकमबारे परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले खनालको उपचार खर्च राज्यकोषबाट बेहोर्ने निर्णय गरेको थियो । पछि शेरबहादुर देउवा नेतृत्वको सरकारले त्यसलाई कार्यान्वयन गरेको हो । ऐन, नियमविपरीत खनालको उपचार खर्च राज्यकोषबाट बेहोरिएकामा चौतर्फी आलोचनासमेत भएको छ । यस विषयमा सर्वोच्च अदालतमा मुद्दा नै परेको छ । अस्पतालले खनाल बसेको कोठाकै शुल्क नेपाली २१ लाख ६८ हजार ४ सय ८० रुपैयाँ (भारु १३ लाख ५५ हजार ३ सय) लिएको छ । स्रोतका अनुसार दूतावासले भारु ४५ लाख ७९ हजार ८ सय १८ रुपैयाँ अस्पताललाई भुक्तानी गरिसकेको छ । भारु ५ लाख ८८ हजार ६ रुपैयाँ भुक्तानी गर्न बाँकी छ । त्यो रकम परराष्ट्र मन्त्रालयसँग माग गरिएको छ । दूतावासले अस्पताललाई पत्र लेखेर बक्यौता तिर्ने जिम्मेवारी लिएर खनाललाई डिस्चार्ज गराएको थियो । खनालको उपचारका लागि परराष्ट्रले एक पटक नेपाली ५० लाख रुपैयाँ दूतावासलाई पठाएको छ । अरू रकम दूतावासले आफ्नै स्रोतबाट तिरेर सोधभर्ना माग गरेको छ । ‘केही रकम बाँकी हुन सक्छ, काठमाडौंबाट माग गरिएको छ, आएपछि अस्पताललाई भुक्तानी गरिनेछ,’ दिल्लीस्थित नेपाली राजदूत नीलाम्बर आचार्यले भने । अस्पतालबाट डिस्चार्ज हुने बेला खनालले उपचारका लागि आफूसँग स्रोत नरहेको र सरकारले उपचार नगराइदिएको भए आफू बाँच्न मुस्किल हुने प्रतिक्रिया दिएका थिए । ‘मेरो उपचारमा सरकारले खर्च गरेको विषयको विरोध गर्नु भनेको झलनाथ खनालले जुन महिनामै मर्नुपर्छ भन्या हो । म कहाँबाट ल्याएर तिरुँ । म जागिरदार पनि होइन, व्यापारी पनि होइन, उद्योगपति होइन,’ उनको भनाइ थियो । त्यसअनुसार कोठाको शुल्क प्रतिदिन २८ हजार ५ सय ३२ रुपैयाँ पर्छ । खनाल अस्पतालको टी ३, भवनको तेस्रो तल्लामा रहेको ४३४२ नम्बरको सुइट रुममा ७६ दिन बसेका थिए । ठूलो बैठक कोठासहितको उक्त कोठा सुविधा सम्पन्न मानिन्छ । उनको उपचारमा डा. सन्दीप गुलेरियासहितको टिम संलग्न थियो । अस्पतालले चिकित्सकको परामर्श शुल्क मात्रै नेपाली १० लाख रुपैयाँ हाराहारी लिएको छ । मृगौला प्रत्यारोपणका लागि प्याकेज चार्ज भनेर नेपाली १० लाख ६७ हजार शुल्क तोकिएको छ । अस्पतालको फार्मेसीका नाममा नेपाली ११ लाख रुपैयाँभन्दा बढीको बिल छ । इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार