सभामुख र एमालेको आगोले पिल्सिएको छ प्रतिनिधि सभा…..

काठमाडौं, यतिबेला दुई आगोका बीचमा प्रतिनिधि सभा पिल्सिएको छ । आफ्नो दलले गरेको १४ सांसदमाथिको कारवाही सभामुख अग्नि सापकोटाले रद्दीको टोकरीमा फ्याँकिदिएपछि एमाले ‘आगो’ बनेर प्रस्तुत भइरहेको छ । नामै ‘अग्नि’ रहेका सभामुख सापकोटा पनि एमालेसँग ‘आगो’ बनेरै अगाडि बढिरहेका छन् । प्रतिनिधि सभाका यी दुई ‘आगो’ तत्काल एक अर्कासँग नझुक्ने रणनीतिमा छन् । सोमबार सापकोटाले सर्वदलीय बैठक राखे पनि एमालेले त्यसमा सहभागिता जनाएन । सभामुखले बोलाएको सर्वदलीय बैठकमा नजानुको कारण आफूसँग वार्ता गर्नुपर्नेमा सत्ता गठबन्धनकै दलहरु बोलाएर त्यसमा एमालेलाई मिसाउनुको औचित्य नभएको एमालेको तर्क छ । प्रतिनिधि सभाको यो अधिवेशनको सुरुका बैठकमा एमाले सांसद र सभामुख दुबै कडा रुपमा प्रस्तुत भए पनि पछिल्ला बैठकमा एमालेले केही संयम अपनाएको छ भने सभामुख सापकोटाले पनि केही लचकता अपनाउँदै संवादको प्रक्रिया सुरु गरेका छन् । एमालेले सभामुखलाई दुई विकल्प दिएको भट्टराईले बताए । पहिलो– गल्ती सच्याएर फेरि १४ जनाको सूचना टाँस गर्ने र दोस्रो– राजीनामा दिने । एमाले नेता भट्टराईले रातोपाटीसँग भने, ‘हामीले उहाँलाई दुईवटा विकल्प दिएका छौँ, एक–१४ जना सांसदहरुको लिष्ट टाँस्नुप–यो । विलम्ब भयो, गल्ति गरेँ, एमालेलाई अरु सरह व्यवहार गरिनँ, मैले एमालेलाई पेल्न खोजेँ, आत्मालोचित भएँ भनेर भनेर टाँस गर्नुप–यो । र, दोस्रो– सूचना टाँस्नुभएन भने उहाँले मार्गप्रशस्त गर्नुप–यो । एमाले प्रमुख सचेतक विशाल भट्टराईले रातोपाटीसँग कुरा गर्दै भने, ‘सभामुखको मूल समस्या एमालेसँग हो, उहाँले सत्ता गठबन्धनका दलहरूलाई बोलाएर के समाधान खोज्नुभएको हो ? शेरबहादुर देउवा, प्रचण्ड, माधव नेपाल, बाबुराम भट्टराई त उहाँहरूकै गठबन्धनमा हुनुहुन्छ । सभामुखकै गठबन्धनसँग रहेकाहरूसँग बेकारमा हामीलाई मिसाएर कसरी समाधान निस्कन्छ ? एमाले प्रमुख सचेतकले भनेजस्तो एमालेले कारवाही गरेका माधव नेपालसहित १४ सांसदको कारवाहीको सूचना सभामुखले टाँस गर्न कानुनीरुपमा नमिल्ने वरिष्ठ अभिवक्ता भीमार्जुन आर्चायले बताए । एमालेको अर्को माग सभामुखको राजीनामा, त्यो पनि त्यति सहज देखिँदैन । रापा

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार