एनआरएनको निर्वाचन प्रक्रिया नै अन्योलमा,संघमा राजनीति छाया…..

काठमाडौं, १० औं विश्व सम्मेलनको तयारीमा रहेको गैरआवासीय नेपाल संघ (एनआरएनए) को निर्वाचन प्रक्रिया अन्योलमा परेको छ । संस्थापनले निर्वाचन प्रतिनिधि चयनमा धाँधली गरेको भन्दै तीनजनाले परराष्ट्र मन्त्रालयमा उजुरी दिएका आधारमा मन्त्रालयले हस्तक्षेप गरेपछि निर्वाचन प्रक्रिया नै अन्योलमा परेको छ । एनआरएनको चुनावमाथि हस्तक्षेप गर्दै परराष्ट्र मन्त्रालयले आगामी अक्टोबर २० (कात्तिक ३ गते) मा हुने निर्वाचनसम्बन्धी कुनै पनि प्रक्रिया अघि नबढाउन भनेको छ । परराष्ट्र मन्त्रालयका सहसचिव भरतकुमार रेग्मीले भदौ २५ गते एनआरएनएलाई पत्र लेखेर निर्वाचन रोक्न निर्देशन दिएका हुन् । एनआरएनए परराष्ट्र मन्त्रालयमा दर्ता भएको विदेशमा रहेका नेपालीहरुको साझा संस्था हो । ८० बढि देशमा यसका शाखाहरु छन् । परराष्ट्र मन्त्रालयसँग समन्वय र सहकार्य गरेर एनआरएनएले आफ्नो गतिविधि गर्दै आएको छ । आगामी कात्तिक ३ गते नयाँ नेतृत्वका लागि चुनाव गर्ने कार्यतालिका तय भइसकेको अवस्थामा परराष्ट्र मन्त्रालयले एनआरएनएको चुनाव रोक्न भनेको हो । नयाँ नेतृत्व चयन गरेको तीन दिनपछि, अक्टोबर २३–२५ (कात्तिक ६–८ गते) सम्म विश्व सम्मेलन गर्ने गैरआवासीय नेपाली संघको कार्यतालिका छ । परराष्ट्र मन्त्रालयका सहसचिव भरतकुमार रेग्मीले एनआरएनएलाई पठाएको पत्रमा निर्वाचन प्रतिनिधिको विवाद निरुपण नभएसम्मका लागि निर्वाचन सम्बन्धी प्रक्रिया अगाडि नबढाउन भनिएको छ । परराष्ट्रको पत्रमा भनिएको छ, ‘०७८ भदौ २४ मा गैरआवासीय नेपाली संघका तीनजना सदस्यहरुको निवेदन प्राप्त हुन आएको छ । निवेदनमा राष्ट्रिय समन्वय परिषदको प्रतिनिधि छनोट प्रक्रियामा अष्ट्रेलिया, जर्मनी, अमेरिका, न्युजिल्याण्ड, बेल्जियम, साइप्रस, अष्ट्रिया, बेलायत चेक गणतन्त्र, स्वीटजरल्याण्ड, स्वीडेन, नेदरल्याण्ड, डेनमार्क पोर्चुगल लगायतका मुलुकहरुमा समस्या रहेको व्यहोरा उल्लेख गरिएको छ ।’

एनआरएनएमा राजनीतिको छाया

एनआरएनमा राजनीतिक प्यानल बनाएर चुनाव लड्न नपाइने विधानमै उल्लेख छ । तर, हरेक दुई वर्षमा हुने चुनावमा अघोषितरुपमा प्यानल खडा गर्ने गरिएको छ । यस्तो प्यानलमा राजनीतिक दलका विदेशस्थित संगठनको कित्ताकाट हुने गरेको छ । अघिल्लो अधिवेशनमा कुमार पन्त अध्यक्ष बन्दा उनलाई नेकपाले सघाएको थियो । पन्तसँग व्यवसायिक सम्बन्ध भएका केही काँग्रेसनिकट अभियन्ताहरुले पनि पन्तको प्यानललाई भोट दिएका थिए । सो चुनावमा कुल आचार्य काँग्रेसको समर्थनमा लड्दा पन्तसँग पराजित बनेका थिए ।  एनआरएनए राजनीतिक चेत भएको संगठन भएकाले खुलमखुला दलको भ्रातृ संगठनजसरी चुनाव हुने अवस्था नरहे पनि विचार मिल्नेहरु एक ठाउँमा हुने बताउँछन् । उनी भन्छन्, ‘विचार मिल्नेहरु मिलेर नै अगाडि बढ्ने हो । विधानमा राजनीतिक प्यानल बनाएर चुनाव लड्न मिल्दैन । तर, समान विचारधारा भएकाहरु एक ठाउँमा हुनु स्वाभाविक हो । आगामी नेतृत्वका लागि पहिलेजस्तै स्पष्ट दुई धार देखिएको छ । तर, यसपटक समीकरणमा केही फेरबदल आउने संघका नेताहरुको दाबी छ । यसपटक नेपालमा सत्ता समीकरण फेरिएको हुनाले त्यसको प्रभाव एनआरएनएमा पनि पर्ने विश्लेषण हुन थालेको छ । देश र प्रवासी नेपालीहरुको हितका लागि राजनीतिक दलहरुसँग सहकार्य गर्नुपर्ने भए पनि राजनीतिक दलहरुले संस्थामा हस्तक्षेप गर्न नहुनेमा जोड दिए ।  रुपमा चिनिने सचिव पदका प्रत्यासी रामशरण सिम्खडाले सरकारी तहबाटै एनआरएनएमा राजनीतिक घुसाउने प्रयास भएको आरोप लगाए । तर, कुनै पनि हालतमा चुनाव नरोकिने भन्दै उनले सत्ताको दबावबाट मुक्त गरी एनआरएनएजस्तो संस्थालाई स्वतन्त्र ढंगले काम गर्न दिइनुपर्ने बताए । संस्थापन इत्तर पक्षका आचार्य भने अहिले राजनीति हावी भयो भन्ने संस्थापन पक्षका व्यक्तिहरुले नै विगतमा संघभित्र राजनीति घुसाएको आरोप लगाउँछन् ।  रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार