अहिलेको गठबन्धन अवसरवादी र अनैतिक हो…..

काठमाडौँ — नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सत्ता गठबन्धनले मुलुकमा प्रारम्भ भएको आर्थिक विकास र समृद्धिको अभियानलाई अवरुद्ध गर्न खोजेको आरोप लगाएका छन् । गठबन्धन संविधान, कानुन र लोकतान्त्रिक मूल्य मान्यता विपरीतका गतिविधिको बाहक भएकोसमेत उनले बताए । यो गठबन्धनले मुलुकमा प्रारम्भ भएको आर्थिक विकास समृद्धिको अभियानलाई अवरुद्ध गर्न खोजेको छ । राष्ट्रिय स्वाभिमान र स्वतन्त्रतालाई कमजोर बनाउन खोजेको छ । समाजमा अस्तव्यस्तता र अराजकतालाई बढावा दिएको छ । देश विकासका लागि जागृत भएका सपनाहरुलाई फेरि मुर्छित बनाउन खोजेको छ, नेता पोखरेलले भने, ‘त्यसकारण म भन्न चाहान्छु, यो अवसरवादी र अनैतिक गठबन्धन हो । यसलाई जस्ताको त्यस्तै बुझ्नुपर्दछ ।  उनले पार्टीको एकताको कुरा एकताको पक्षमा दृढ हुने कि नहुने ? भन्ने कुरामा निर्भर हुने बताए । ‘गुटबन्दीमा संलग्न भएर पार्टीलाई कमजोर बनाउने, पार्टीप्रति अनास्था फैलाउने, फुट र विभाजनकारी कुरालाई सहयोग पुर्‍याउने कुरालाई कुनै पनि हालतमा स्वीकार्न सकिँदैन,’ उनले भने, ‘त्यसैले पार्टीको एकताको कुरा भनेको एकताको पक्षमा कति दृढ हुने भन्ने कुरा हो ।  नेकपा एमाले काठमाडौंले गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले अहिलेको नेपालको राजनीति दुई ध्रुवमा ध्रुवीकृत भएको टिप्पणी गरे । ‘एउटा ध्रुव, जहाँ आर्थिक विकास र समृद्धि, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता, सामाजिक सद्भावको दृढ पक्षपोषण तथा समाजमा अराजकताको अन्त्य, समृद्ध नेपाल र सुखी नेपाली बनाउने राष्ट्रिय संकल्प बोकेको राष्ट्रिय अभियान हो । यो केपी ओलीले नेतृत्व गरेको नेकपा एमाले हो । यो आजको यथार्थ हो,’ पोखरेलले भने, ‘अर्को भनेको यसका लागि विरुद्धमा खडा गरिएको गठबन्धन र त्यसका पक्षधर शक्तिहरु हुन् । त्यसका बारेमा कुनै भ्रम पाल्नुपर्दैन, हिजो हाम्रै साथीहरु थिए, हामीसितै मिलेका थिए । हामीसित कार्यगत एकता भएको थियो भनेर लोलेपोते कुरा गर्नुपर्ने जरुरत छैन ।  नेता पोखरेलले कार्यदलले दिएको १० बुँदे सुझावलाई नेतृत्वले त्यहीँ कारण स्वीकार गरेको बताए । ‘हामीले कार्यदलले दिएको सुझावलाई सिर्जनात्मक ढंगले, रचनात्मक ढंगले लागू गर्नुपर्छ भन्ने हाम्रो प्रतिबद्धता हो । त्यो प्रतिबद्धताबाट पार्टी नेतृत्व पछि हट्दैन । किन भने हामीलाई पार्टी एकता चाहिएको छ,’ उनले भने । उनले अबको एमालेलाई ०७५ जेठ २ को एमाले मात्रै नबुझेर विकसित एमाले, परिवर्तित र एकतासहितको एमाले हो भनेर बुझ्न आग्रह गरे । श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार