पदकहरूले नै लाज मानिरहेको छन्…..

काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले वितरणका लागि सार्वजनिक गरेको नामहरूप्रति आक्रोश व्यक्त गरेका छन् । आइतबार संविधान दिवसका अवसरमा पार्टीले गरेको कार्यक्रममा उनले पदकहरूले नै लाज मानिरहेको भन्दै कटाक्ष गरे । अध्यक्ष ओलीले भने, ‘संविधान दिवसलाई जनताले आफ्नो संविधान दिवस ठान्नुपर्ने, यतिबेला जनताका पराक्रमी सन्तानले सम्मानित भएको अनुभूति गर्न, गर्व गर्न पाउनुपर्नेमा बालाई सम्मान, श्रीमतीलाई सम्मान गरिएको छ । अघिल्लो पटकको पनि म सम्झन चाहन्छु । एउटाको सुपुत्रलाई सम्मान, अर्कोको सुपुत्रलाई सम्मान, अर्कोको सुपुत्रीलाई सम्मान, अर्काको छोरो महान समाजसेवी, अर्कोको छोरी महान समाजसेवी, कस्तो विडम्बना यो देशको ? कस्ता भोका जुका पुगेका छन् शासनमा ? लाज लाग्छ संविधान दिवसका दिन बोल्दा । उनले संविधान दिवसको दिन लोकतन्त्र पाएकोमा, सपना साकार भएकोमा सहिदको छोराले, आमाबावुले गर्व गर्न पाउनुपर्ने, घाइतेहरूले सम्मानित हुन पाउनुपर्नेमा नेताका आफन्तलाई पदक बाडेको भन्दै टिप्पणी गरे । आज बाउको मुख हेर्ने दिन हो ? श्रीमतीको मुख हेर्ने दिन हो ? छोराछोरीको मुख हेर्ने दिन हो ? कस्तो लालसा ? कस्तो भोक ? कस्तो आकांक्षा, कस्तो अतृप्ति ? बाहिर निस्किएर भाषण गर्ने हो भने केही चाहिएको छैन हामीलाई भन्ने ? म अरु जस्तो पदलोलुप छैन, नातावादी कृपावादी छैन् । म जनताका लागि भनेर बाहिर जतिसुकै भाषण गर्ने तर मौका पाउँदा हेर्नुस त अलंकार, पदक, विभूषणहरूको नाकमा कालो पोतेको । ति विभूषणले लज्जा मानेको हेर्नुस त । लजाइरहेका छन् ति मानपदवीहरू । कस्तो कस्तोको घाँटीमा झुन्डिने भइयो । शरम मानेका छन् । बोल्न सक्ने भए उफ्रन्ते ती तर बोल्न सक्दैनन् । लज्जाजनक स्थिति । उनले पदक घोषणा गरिएका पत्रकार तथा कानुन व्यवसायीहरुको समेत उछित्तो काटेका छन् । श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार