असोज ११ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने…..

काठमाडौँ — दसैंका लागि अग्रिम टिकट बुकिङ असोज ११ गतेबाट खुल्ने भएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले अग्रिम टिकट बुकिङका लागि उपत्यकाका विभिन्न १४ स्थानमा हेल्प डेस्क स्थापना गरिने बताए । यसबारे शुक्रबार नै प्रधानमन्त्री कार्यालयमा थप छलफल हुँदैछ । महानिर्देशक घिमिरेका अनुसार मझौला तथा लामा दूरीका सवारीका लागि अग्रिम बुकिङ खुल्ला गर्न लागिएको हो । बिहीबार पाँच स्थानमा हेल्प डेस्क स्थापना गरी सकिएको छ । ११ गतेसम्म काठमाडौंका १४ स्थानमा हेल्प डेस्क स्थापना गरी सकिने उनको भनाइ छ । १४ स्थानबाट टिकट लिन र यात्रु छुट्ने व्यवस्था गरिने छ । ती स्थानमा नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नाडा (नाडा) सामुदायिक प्रहरी,ट्राफिक प्रहरी, विभागसहितको हेल्प डेस्क रहने छ । यात्रुसँग तोकिएकोभन्दा बढी भाडा लिए तत्कालै कारबाही गरिने महानिर्देशक घिमिरेले बताए । विभागले यसअघि असार २९ गते अन्तरप्रदेश भाडा समायोजन गरिसकेको छ । विभागले यात्रुवाहक सवारीमा २८ प्रतिशत, पहााडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २० प्रतिशत र तराईका बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २६ प्रतिशत भाडा वृद्धि गरेको थियो । यता नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भने बर्खाले गर्दा सडक बिग्रिएको भन्दै चाडबाडमा सबै सडक मर्मत गरेर यात्रुलाई गन्तव्यसम्म पुर्‍याउने वातावरण बनाउनुपर्ने माग गरेको छ । सडक मर्मत नसकिँदासम्म अग्रिम टिकट बुकिङ खुल्लाको कुनै अर्थ नरहने महासंघले जनाएको छ । श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार