सरकारले एमसीसी बिर्स्यो कि के हो?…..

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सरकारले बिर्सेको हो ? भनेर सोधेका छन् । मंगलबार आयोजित अन्तरक्रिया कार्यक्रममा एमाले अध्यक्ष ओलीले सम्झौता गर्दाताका सरकारको नेतृत्व गरेका दलहरू नै अहिले सरकारमा रहेका बेला एमसीसी सम्झाउन अमेरिका अगाडि आउनुपरेको बताए । सरकारको स्मरण शक्ति कम भएको हो कि के हो ? उहाँहरूले नै सम्झौता गर्नुभएको हो । त्यतिखेरकै सम्झौता गर्नेहरू कोही प्रधानमन्त्री, कोही ‘किङमेकर’ हुनुहुन्छ । साझा न्यूनतम कार्यक्रममा पनि आएन, एमसीसी सम्झाउन फातिमा सुमार नै आउनुपर्ने हो कि ?,’ ओलीले थपे, ‘यो सरकारको दृष्टिकोण के हो ? १६५ सिट भएको । पारित गर्ने हो कि होइन हामीलाई केही सेयर गर्नुभएको छैन । हामीले किन आफ्नो धारणा दिने ?’ एमसीसी उपाध्यक्ष फातिमा सुमारले केही साता पहिले नेपाल भ्रमण गरेकी थिइन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता ओली, सत्तारुढ दलका नेताहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल, उपेन्द्र यादव, बाबुराम भट्टराईलगायतसँग एमसीसीबारे छलफल गरेकी थिइन् । एमसीसी सम्झौता संसद्‌मा दर्ता गरिएको छ । उक्त सम्झौतालाई प्रतिनिधिसभामा प्रस्तुत गर्न बाँकी छ । एमसीसीलाई लिएर राजनीतिक दलहरूबीच विवाद रहेको छ ।  श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार