एभरेस्ट प्रिमियर लिग पोखरालाई पराजित गर्दै चितवन टाइगर्स फाइनलमा…..

काठमाडौँ — कमलसिंह ऐरीको सानदार बलिङ र भीम सार्कीको अर्धशतकमा चितवन टाइगर्सले बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको उपाधि जितेको छ । चितवनले पहिलो पटक ईपीएल उपाधि जितेको हो । चितवनले शनिबार फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले हराएको थियो । आकर्षक ट्रफीसहित विजेता चितवनले ५० लाख रुपैयाँ पुरस्कार जितेको छ । पोखराले उपविजेता हुँदा १५ लाख रुपैयाँ पुरस्कार पाए । ईपीएलको फाइनलमा पोखरा
चितवन टाइगर्स राउन्ड रोबिन लिग र क्वालिफायरमा दुवै पटक पोखरालाई पराजित गर्दै फाइनल पुगेको थियो । दुवै खेल चितवनले समान ९ विकेटले जितेको थियो । शनिबार फाइनलमा पनि चितवनले त्यही प्रभाव कायम राख्दै प्रदर्शनलाई निरन्तरता दिएको थियो । पोखरालाई फाइनल पुग्नुअघि दुई पटक हराइसकेकाले उनीहरूलाई हामीले कमजोरका रूपमा लिएका थिएनौं । फाइनल भनेको नयाँ खेल, नयाँ सिनारियो हो । त्यसैले हामीले सहज लिएका थिएनौं । यसअघि जस्तो खेलेका थियौं त्यस्तै खेल्ने हो भन्ने थियो, आखिरमा त्यस्तै भयो,’ चितवनका प्रशिक्षक श्यामसन जंग थापाले भने । चितवनले टस जितेपछि ब्याटिङमा आएको पोखरा राइनोज १७.५ ओभर खेल्दै १ सय ११ रनमै अलआउट भयो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भीमले ४४ बलमा ६३ रन बनाएपछि चितवन १५.५ ओभरमै लक्ष्य पूरा गर्न सफल भयो । उनले ७ चौका र २ छक्का प्रहार गरे । भीम आउट भएपछि आएका कप्तान सोमपाल कामीले पहिलो बलमै विजयी चौका प्रहार गरेका थिए । प्रतियोगिताको इमर्जिङ प्लेयर घोषित भीमले दिलीप नाथसँग चौथो विकेटमा ५४ र राजेश पुलामीसँग पाँचौं विकेटमा २३ रनको महत्त्वपूर्ण साझेदारी गरी चितवनलाई विजय दिलाए । दिलीप १७ बल खेल्दै २ चौका प्रहार गरी १८ रन बनाउँदा किशोरको तेस्रो सिकार भए । राजेश पुलामी १२ बलमा १ चौका प्रहार गरी १४ रनमा नन्दन यादवको बलमा बोल्ड भए । चितवनको सुरुआत निकै दयनीय थियो । दोस्रो ओभरमै हासिम अन्सारीलाई नन्दनले शून्यमा आउट गरे । करिम जन्नतले पनि ४ बल खेलेर खाता खोल्न सकेनन् । ओनपर मोहम्मद साहजादले १४ बलमा २ चौका प्रहार गरी ११ रन बनाए । दुवै अफगान ब्याटरलाई किशोर महतोले आउट गरेपछि चितवन चौथो ओभरमा २०–३ को स्थितिमा पुगेको थियो । चितवनजस्तै पहिलो पटक फाइनल खेलिरहेको पोखरालाई रिचर्ड लेभी र विपिन रावतले राम्रो सुरुआत दिलाएका थिए । तर, करिम जन्नतको बलमा लेभीलाई दिलीप नाथले उत्कृष्ट क्याच गरेपछि पोखराको विकेट पतन सुरु भएको थियो । लेभीले १५ बल खेली ५ चौकासहित २६ रन बनाए । १५ बल नै खेलेका विपिनले १ चौका र १ छक्का प्रहार गरी १७ रन बनाए । लेभीले इनिङ्सको दोस्रो ओभर लिएर आएका कमललाई तीन चौकासहित १३ रन प्रहार गरेका थिए । पाँचौं ओभरमा दोस्रो स्पेल लिएर आएका कमलले रित गौतमलाई आउट गरेर विकेट लिन सुरु गरेका थिए । रित गौतम र सहन अराचिगे समान २ रनमै आउट भए । चौथो ओभरमा विनाक्षति ३७ रनमा रहेको पोखरा नवौं ओभरमा ५९–४ को स्थितिमा पुगेको थियो । असेला गुणरत्नेले ३४ रन जोडे । उनले २४ बल खेली ३ चौका र १ छक्का प्रहार गरे । विवेक यादव ४, लोकेश बम शून्य, विक्रम सोब १, नन्दन यादव शून्यमा आउट भए । कमलले लोकेश र विवेकलाई लगातार बलमा आउट गरेका थिए । कमल नै प्लेयर अफ द म्याचमा चुनिए । कप्तान विनोद भण्डारी आउट हुने अन्तिम खेलाडी थिए । उनले २६ बलमा २२ रन बनाए । उनले २ चौका प्रहार गरेका थिए । चितवनका कमलसिंह ऐरीले ४ विकेट लिए । उनले ३.५ ओभरमा २० रन खर्चे । जन्नतले ३ ओभरमा १५ र सेकुगे प्रसन्नले ३ ओभरमा १३ रन खर्चेर २–२ तथा सोमपाल कामी र सागर ढकालले १–१ विकेट लिएका थिए । देव्रेहाते स्पिनर सागर ढकाल प्रतियोगिताका उत्कृष्ट खेलाडीमा चुनिए । उनले कुल १४ विकेट लिँदै एकै सिजनको ईपीएलमा सर्वाधिक विकेट लिने कीर्तिमान बनाए । सन् २०१७ मा पोखराका इसारुल्लाह र २०१८ मा भैरहवा ग्लाडियटर्सका मोहम्मद नाभेदले समान १२ विकेट लिएका थिए । यसपालिको ईपीएलमा सर्वाधिक विकेट लिने ६ जनाको सूचीमा पहिलो तीनसहित चार बलर चितवनकै थिए । कमलले १२ र जन्नत ११ विकेटसहित पहिलो तीन बलरका रूपमा रहे । छैटौं नम्बरमा रहेका शाहब आलमले ८ विकेट लिएका थिए ।  श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार