निजी बनाएपछि अनुमति नवीकरण नगरी सञ्चालन…..

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा ‘अवैध’ निजी नम्बर प्लेट रहेको गाडी फिर्ता गरेको पाइएको छ । देउवाले प्रमुख प्रतिपक्षी दल नेताको हैसियतमा ०७४ मा संसद् सचिवालयबाट बा२झ ४४८ नम्बरको गाडी लिएका थिए । तर प्रधानमन्त्री भएपछि उनले भदौ २६ मा बा२झ ४२३६ नम्बरको गाडी फिर्ता गरेका थिए । प्रधानमन्त्री कार्यालयले बा२झ ४२३६ लाई ०७५ पुस १० मा बा६च १०३० नम्बरको निजी प्लेटमा बदलेको थियो, जुन नम्बर प्लेटका लागि अनुमति नवीकरण नै गरिएको छैन । यातायात व्यवस्था कार्यालयले सरकारी गाडीलाई ६ महिनाका लागि मात्रै निजी बनाउन अनुमति दिने गरेको छ । बा२झ ४२३६ लाई पनि ६ महिनाका लागि मात्र बा६च १०३० बनाउन अनुमति दिइएको थियो तर देउवाले प्रमुख प्रतिपक्ष दल नेताको हैसियतमा संसद्बाट लगेको गाडीको सट्टामा फिर्ता गरेको बा२झ ४२३६ नम्बरको गाडी निजी नम्बरमा चलिरहेको थियो । यातायात कार्यालय स्रोतको अनुसार तीन वर्षअघि निजी नम्बर प्लेटमा बदलेको उक्त गाडीको पुन: नवीकरण भएको छैन । देउवाले संसद्बाट लगेको बा२झ ४४८ नम्बरको गाडीलाई पनि ०७४ फागुन ३ मा निजी नम्बर बा१९च ५५५ मा परिवर्तन गरिएको छ । यो गाडी पनि त्यस यता पुन: निजी बनाउन नवीकरण नगरी चलाएको पाइएको छ । सर्वोच्च अदालतको गाडी बढीमा एक वर्षलाई र अन्य सरकारी कार्यालयलाई ६ महिनाका लागि गृह मन्त्रालयको सिफारिसमा मात्रै निजी नम्बर प्लेट राख्न अनुमति दिन्छौं,’ यातायात व्यवस्था कार्यालय ललितपुरका एक कर्मचारीले भने, ‘६ महिनापछि निजी बनाउने हो भने फेरि अनुमति लिनुपर्ने हुन्छ । अनुमति नलिने हो भने त्यो गाडीले सरकारी नम्बर प्लेट राख्नुपर्ने हुन्छ । प्रधानमन्त्री कार्यालयले भदौ २५ मा संसद्मा बुझाएको कागजमा बा२झ ४२३६ गाडी उल्लेख भए पनि संसद्ले आइतबार बुझेको विवरणमा बा६च १०३० नम्बर प्लेटको गाडी छ । यही गाडी पनि संसद्ले बुझेको एक महिनापछि मात्रै स्टोरमा दाखिला भएको हो । संसद्को आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख एवं अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सचिव सुरजकुमार दुराले प्रधानमन्त्री कार्यालयबाट भदौ २५ मा बुझेको गाडी संसद्को रेकर्डमा नदेखाई व्यक्तिगत रूपमा प्रयोग गरेको पाइएको छ । प्रधानमन्त्रीले चढ्ने गाडी संसद्बाट गायब भएको विषयमा कान्तिपुरमा समाचार प्रकाशित भएपछि उनले आइतबार संसद्लाई गाडी बुझाएका हुन् । ‘गाडी मैले बुझेर केही दिन मात्रै चढेको हुँ,’ दुराले भने, ‘कागजी प्रक्रिया पूरा गर्ने क्रममै भएकाले स्टोरमा दाखिला नभएको हो । प्रधानमन्त्री देउवाले संसद्बाट लगेको भन्दा पुरानो गाडी बुझेकामा पनि संसद्ले आपत्ति जनाएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार देउवाले संसद्बाट २०१३ मोडलको टोयटा प्राडो गाडी लगेर २००७ मोडलको फिर्ता गरेका छन् । प्रधानमन्त्री कार्यालयले गाडी फिर्ता गरिसकेको दाबी गरे पनि संसद्ले नपाएको बताउँदै आएको थियो । सहसचिव दुराले आफूले गाडी बुझेर प्रयोग गरिरहे पनि गाडी हराएको समाचार आएपछि मात्रै महासचिव र पदाधिकारीलाई गराएका हुन् । ‘बिलबुक आउन बाँकी थियो । त्यत्तिकै राख्दा पछि स्टार्ट नहुने भएकाले विभागीय प्रमुखको हैसियतले मैले चलाएको हुँ,’ दुराले भने, ‘गाडीको दुरुपयोग भएको छैन । श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार