एमसीसी पास नगरे नेपाल विदेशीको स्वार्थको भुमरीमा फस्‍नेछ…..

पूर्वी नवलपरासी — जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपालले अन्तर्राष्ट्रिय शक्तिसँग सन्तुलन कायम राख्नका लागि पनि मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी ) पास गर्नुको विकल्प नरहेको बताए । सोमबार पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा समाजवादी पार्टीले आयोजना गरेको संगठन सुदृढीकरण तथा जनजागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भनेका छन् – ‘अन्तर्राष्ट्रिय शक्तिसँग सन्तुलन कायम गर्न पनि एमसीसी पास गर्नैपर्छ । होइन भने उनीहरुको स्वार्थको भुमरीमा नेपाल फस्नेछ ।’ उनले नेपालले भारत, चीन र अमेरिकासँग सन्तुलित सम्बन्ध राख्न नसके नेपाल अफगानिस्तान जस्तै बन्ने दावी गरे । यस कारण पनि जनता समाजवादी पार्टी एमसीसी पास गर्नैपर्छ भन्ने पक्षमा छ’ डा भट्टराईले बताए । उनले आफ्नो पार्टी कुनै पनि शक्ति राष्ट्रसँग दुश्मनी पनि नगर्ने तर नझुक्ने बताए । कार्यकर्ता भेटघाटमा उनले आफ्नो पार्टीको भविश्य उज्ज्वल रहेको भन्दै सर्मपित भएर संगठन बनाउन कार्यकर्ताहरुलाई निर्देशनसमेत दिएका थिए । श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार